Bible

Acts 14 - BBE (Nepali)

1 Now in Iconium they went together to the Synagogue of the Jews and gave such teaching that a great number of Jews and Greeks had faith.पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।

2 But those Jews who had not the faith, made the minds of the Gentiles bitter against the brothers.तर केही यहूदीहरूले विश्वास गरेनन्।। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे।

3 So they kept there for a long time, taking heart in the Lord, who gave witness to the word of his grace by causing signs and wonders to be done by their hands.तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।

4 But there was a division among the people of the town; some were on the side of the Jews and some on the side of the Apostles.कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।

5 And when a violent attempt was made by the Gentiles and the Jews, with their rulers, to make an attack on them and have them stoned,कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे।

6 Having got news of it, they went in flight to the towns of Lycaonia, Lystra, and Derbe, and the country round about:जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।

7 And went on preaching the good news there.तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।

8 And at Lystra there was a certain man, who from birth had been without the use of his feet, never having had the power of walking.लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। उ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन।

9 This man was giving ear to the preaching of Paul, who, looking at him, and seeing that he had faith to be made well,उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जति हुन्छु भन्ने प्रशस्त विश्वास थियो।

10 Said in a loud voice, Get up on your feet. And, jumping up, he went walking about.यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।

11 And when the people saw what Paul had done, they said in a loud voice, in the language of Lycaonia, The gods have come down to us in the form of men.जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!”

12 And they gave the name of Jupiter to Barnabas, and to Paul that of Mercury, because he was the chief talker.मानिसहरूले बर्णाबासलाई “जिउस”र पावललाई “हर्मेस”भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए।

13 And the priest of the image of Jupiter, which was before the town, took oxen and flowers to the doors of the town, and was about to make an offering with the people.जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।

14 But when this came to the ears of the Apostles, Paul and Barnabas, they went running out among the people, parting their clothing, and crying out,तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते।मानिसहरू तिर दौडे अनि चिच्याएः

15 Good people, why are you doing these things? We are men with the same feelings as you, and we give you the good news so that you may be turned away from these foolish things to the living God, who made the heaven and the earth and the sea and all things in them:“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

16 Who in the past let all nations go in the ways which seemed good to them.बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो

17 But he was not without witness, because he did good, and gave you rain from heaven and times of fruit, making your hearts full of food and joy.तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”

18 And even with these words, it was hard for them to keep the people from making an offering to them.पावल र बर्णाबारले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संर्घष गर्नु पर्यो।

19 But some Jews came to that place from Antioch and Iconium, and got control over the people; and after stoning Paul, they had him pulled out of the town, taking him for dead.त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भडकाए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले । मानसिहरूले पावललाई मारियो भनी सोचे।

20 But when the disciples came round him, he got up and went into the town: and the day after he went away with Barnabas to Derbe.येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर र्फकिए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।

21 And having made a number of disciples through the preaching of the good news in that town, they went back to Lystra and Iconium and Antioch,पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर र्फकिए।

22 Making strong the souls of the disciples, saying to them that they were to keep the faith, and that we have to go through troubles of all sorts to come into the kingdom of God.ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”

23 And when they had made selection of some to be rulers in every church, and had given themselves to prayer and kept themselves from food, they put them into the care of the Lord in whom they had faith.तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।

24 And they went through Pisidia and came to Pamphylia.पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए।

25 And, after preaching the word in Perga, they went down to Attalia;तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।

26 And from there they went by ship to Antioch, where they had been handed over to the grace of God for the work which they had not done.अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।

27 And when they came there, and had got the church together, they gave them an account of all the things which God had done through them, and how he had made open a door of faith to the Gentiles.जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!

28 And they were with the disciples there for a long time.पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।

Nepali Bible