Acts 10 - DBY (Nepali)
1 But a certain man in Caesarea, -- by name Cornelius, a centurion of the band called Italic,सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो।
2 pious, and fearing God with all his house, [both] giving much alms to the people, and supplicating God continually,कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।
3 -- saw plainly in a vision, about the ninth hour of the day, an angel of God coming unto him, and saying to him, Cornelius.एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।
4 But he, having fixed his eyes upon him, and become full of fear, said, What is it, Lord? And he said to him, Thy prayers and thine alms have gone up for a memorial before God.कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, तपाईं के चाहनु हुन्छ, प्रभु?”स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ।
5 And now send men to Joppa and fetch Simon, who is surnamed Peter.केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ।
6 He lodges with a certain Simon, a tanner, whose house is by the sea.शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो । उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।”
7 And when the angel who was speaking to him had departed, having called two of his household and a pious soldier of those who were constantly with him,कर्नीलियससंग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।
8 and related all things to them, he sent them to Joppa.कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।
9 And on the morrow, as these were journeying and drawing near to the city, Peter went up on the house to pray, about the sixth hour.अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो।
10 And he became hungry and desired to eat. But as they were making ready an ecstasy came upon him:पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे।
11 and he beholds the heaven opened, and a certain vessel descending, as a great sheet, [bound] by [the] four corners [and] let down to the earth;उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो।
12 in which were all the quadrupeds and creeping things of the earth, and the fowls of the heaven.नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिंड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू।
13 And there was a voice to him, Rise, Peter, slay and eat.त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”
14 And Peter said, In no wise, Lord; for I have never eaten anything common or unclean.तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”
15 And [there was] a voice again the second time to him, What God has cleansed, do not *thou* make common.तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!”
16 And this took place thrice, and the vessel was straightway taken up into heaven.यस्तो घटना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो।
17 And as Peter doubted in himself what the vision which he had seen might mean, behold also the men who were sent by Cornelius, having sought out the house of Simon, stood at the gate,यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे।यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए।
18 and having called [some one], they inquired if Simon who was surnamed Peter was lodged there.तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?”
19 But as Peter continued pondering over the vision, the Spirit said to him, Behold, three men seek thee;पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्।
20 but rise up, go down, and go with them, nothing doubting, because *I* have sent them.उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसंग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।”
21 And Peter going down to the men said, Behold, *I* am he whom ye seek: what is the cause for which ye come?तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”
22 And they said, Cornelius, a centurion, a righteous man, and fearing God, and borne witness to by the whole nation of the Jews, has been divinely instructed by a holy angel to send for thee to his house, and hear words from thee.ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथेयो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।”
23 Having therefore invited them in, he lodged them. And on the morrow, rising up he went away with them, and certain of the brethren from Joppa went with him.पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसंग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससंग गए।
24 And on the morrow they came to Caesarea. But Cornelius was looking for them, having called together his kinsmen and [his] intimate friends.अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई र्पखिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।
25 And when Peter was now coming in, Cornelius met him, and falling down did [him] homage.जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसंग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे।
26 But Peter made him rise, saying, Rise up: *I* myself also am a man.तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”
27 And he went in, talking with him, and found many gathered together.पत्रुस कर्नीलियसंग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।
28 And he said to them, *Ye* know how it is unlawful for a Jew to be joined or come to one of a strange race, and to *me* God has shewn to call no man common or unclean.उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसंग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन।
29 Wherefore also, having been sent for, I came without saying anything against it. I inquire therefore for what reason ye have sent for me.त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”
30 And Cornelius said, Four days ago I had been [fasting] unto this hour, and the ninth [I was] praying in my house, and lo, a man stood before me in bright clothing,कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए।
31 and said, Cornelius, thy prayer has been heard, and thy alms have come in remembrance before God.तिनले भने, “कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ।
32 Send therefore to Joppa and fetch Simon, who is surnamed Peter; he lodges in the house of Simon, a tanner, by the sea [who when he is come will speak to thee].त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’
33 Immediately therefore I sent to thee, and *thou* hast well done in coming. Now therefore *we* are all present before God to hear all things that are commanded thee of God.यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”
34 And Peter opening his mouth said, Of a truth I perceive that God is no respecter of persons,पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्।
35 but in every nation he that fears him and works righteousness is acceptable to him.अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।
36 The word which he sent to the sons of Israel, preaching peace by Jesus Christ, (*he* is Lord of all things,)परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।
37 *ye* know; the testimony which has spread through the whole of Judaea, beginning from Galilee after the baptism which John preached --यहूदीया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो।
38 Jesus who [was] of Nazareth: how God anointed him with [the] Holy Spirit and with power; who went through [all quarters] doing good, and healing all that were under the power of the devil, because God was with him.तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान’ गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येसूको साथमा भएको प्रमाण दिदँछ।
39 *We* also [are] witnesses of all things which he did both in the country of the Jews and in Jerusalem; whom they also slew, having hanged him on a cross.हामीले उहाँले यहूदीया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे।
40 This [man] God raised up the third day and gave him to be openly seen,तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो।
41 not of all the people, but of witnesses who were chosen before of God, *us* who have eaten and drunk with him after he arose from among [the] dead.तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसंगै खाना-पिना गर्यौं।
42 And he commanded us to preach to the people, and to testify that *he* it is who was determinately appointed of God [to be] judge of living and dead.येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो।
43 To him all the prophets bear witness that every one that believes on him will receive through his name remission of sins.प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”
44 While Peter was yet speaking these words the Holy Spirit fell upon all those who were hearing the word.पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो।
45 And the faithful of the circumcision were astonished, as many as came with Peter, that upon the nations also the gift of the Holy Spirit was poured out:यहूदी विश्वासीहरू जो पत्रुससंग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार र्बषिएको थियो।
46 for they heard them speaking with tongues and magnifying God. Then Peter answered,यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने,
47 Can any one forbid water that these should not be baptised, who have received the Holy Spirit as we also [did]?“के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!”
48 And he commanded them to be baptised in the name of the Lord. Then they begged him to stay some days.तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।
Nepali Bible