2 Samuel 6 - DBY (Nepali)
1 And David again gathered all the chosen men of Israel, thirty thousand.दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए।
2 And David arose and went with all the people that were with him from Baale-Judah, to bring up from thence the ark of God which is called by the name, the name of Jehovah of hosts who sitteth between the cherubim.तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाहिं यी परीहरूका माझमा राजा झै बस्नु भएको छ।
3 And they set the ark of God upon a new cart, and brought it out of the house of Abinadab, which was upon the hill; and Uzzah and Ahio, the sons of Abinadab, drove the new cart.पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।
4 And they brought it with the ark of God out of the house of Abinadab which was upon the hill; and Ahio went before the ark.यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडामा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडेर गाडालाई मार्ग प्रदर्शन गरे।
5 And David and all the house of Israel played before Jehovah on all manner of [instruments made of] cypress wood, with harps, and with lutes, and with tambours, and with sistra, and with cymbals.दाऊद अनि इस्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि झ्यालीहरू थिए।
6 And when they came to Nachon's threshing-floor, Uzzah reached after the ark of God, and took hold of it; for the oxen had stumbled.जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडा तान्ने ठेस् खाए। गाडामा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लडनदेखि रक्षा गरे।
7 And the anger of Jehovah was kindled against Uzzah; and God smote him there for his error; and there he died by the ark of God.तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो।
8 And David was indignant, because Jehovah had made a breach upon Uzzah; and he called that place Perez-Uzzah to this day.दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभु द्वारा उज्जया मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।
9 And David was afraid of Jehovah that day, and said, How shall the ark of Jehovah come to me?त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”
10 So David would not bring the ark of Jehovah home unto himself into the city of David; but David carried it aside into the house of Obed-Edom the Gittite.दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।
11 And the ark of Jehovah remained in the house of Obed-Edom the Gittite three months; and Jehovah blessed Obed-Edom and all his household.उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।
12 And it was told king David, saying, Jehovah has blessed the house of Obed-Edom, and all that is his, because of the ark of God. And David went and brought up the ark of God from the house of Obed-Edom into the city of David with joy.पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए।
13 And it was so, that when they that bore the ark of Jehovah had gone six paces, he sacrificed an ox and a fatted beast.जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।
14 And David danced before Jehovah with all his might; and David was girded with a linen ephod.परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।
15 And David and all the house of Israel brought up the ark of Jehovah with shouting, and with the sound of the trumpet.दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले।
16 And as the ark of Jehovah came into the city of David, Michal the daughter of Saul looked through a window, and saw king David leaping and dancing before Jehovah; and she despised him in her heart.शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिनन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।
17 And they brought in the ark of Jehovah, and set it in its place, in the midst of the tent that David had spread for it. And David offered up burnt-offerings and peace-offerings before Jehovah.दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
18 And when David had ended offering up the burnt-offerings and the peace-offerings, he blessed the people in the name of Jehovah of hosts.होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।
19 And he dealt to all the people, to the whole multitude of Israel, both men and women, to every one a cake of bread, and a measure [of wine], and a raisin-cake. And all the people departed every one to his house.प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।
20 And David returned to bless his household. And Michal the daughter of Saul came out to meet David, and said, How honourable did the king of Israel make himself to-day, who uncovered himself to-day in the eyes of the handmaids of his servants, as one of the lewd fellows shamelessly uncovers himself!दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेटून आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”
21 And David said to Michal, It was before Jehovah, who chose me rather than thy father, and than all his house, to appoint me ruler over the people of Jehovah, over Israel; and I played before Jehovah.तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु।
22 And I will make myself yet more vile than thus, and will be base in mine own sight; and of the handmaids that thou hast spoken of, of them shall I be had in honour.म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”
23 And Michal the daughter of Saul had no child to the day of her death.शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।
Nepali Bible