2 Samuel 2 - WBT (Nepali)
1 And it came to pass after this, that David inquired of the LORD, saying, Shall I go up into any of the cities of Judah? And the LORD said to him, Go up. And David said, Whither shall I go up? And he said, To Hebron.पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
2 So David went up thither, and his two wives also, Ahinoam the Jezreelitess, and Abigail, Nabal's wife the Carmelite.त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।)
3 And his men that were with him did David bring up, every man with his household: and they dwelt in the cities of Hebron.दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।
4 And the men of Judah came, and there they anointed David king over the house of Judah. And they told David, saying, That the men of Jabesh-gilead were they that buried Saul.यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”
5 And David sent messengers to the men of Jabesh-gilead, and said to them, Blessed be ye of the LORD, that ye have shown this kindness to your lord, even to Saul, and have buried him.दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशिर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण
6 And now the LORD show kindness and truth to you: and I also will requite you this kindness, because ye have done this thing.परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ।
7 Therefore now let your hands be strengthened, and be ye valiant: for your master Saul is dead, and also the house of Judah have anointed me king over them.अब बलियो र सहासी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”
8 But Abner the son of Ner, captain of Saul's host, took Ish-bosheth the son of Saul, and brought him over to Mahanaim;नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे।
9 And he made him king over Gilead, and over the Ashurites, and over Jezreel, and over Ephraim, and over Benjamin, and over all Israel.गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।
10 Ish-bosheth, Saul's son, was forty years old when he began to reign over Israel, and he reigned two years: but the house of Judah followed David.ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 वर्षका थिए। उनले 2 वर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए।
11 And the time that David was king in Hebron, over the house of Judah, was seven years and six months.दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साँढे सात वर्ष शासन गरे।
12 And Abner the son of Ner, and the servants of Ish-bosheth the son of Saul, went out from Mahanaim to Gibeon.नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए।
13 And Joab the son of Zeruiah, and the servants of David went out, and met together by the pool of Gibeon: and they sat down, the one on the one side of the pool, and the other on the other side of the pool.सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।
14 And Abner said to Joab, Let the young men now arise, and play before us. And Joab said, Let them arise.अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”योआबले भने, “ठीक छ होडबाजी होस्।”
15 Then there arose, and went over by number twelve of Benjamin, who pertained to Ish-bosheth the son of Saul, and twelve of the servants of David.यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने।
16 And they caught every one his fellow by the head, and thrust his sword in his fellow's side: so they fell down together: wherefore that place was called Helkath-hazzurim, which is in Gibeon.प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान।” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ।
17 And there was a very severe battle that day; and Abner was defeated, and the men of Israel, before the servants of David.त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।
18 And there were three sons of Zeruiah there, Joab, and Abishai, and Asahel: and Asahel was as light of foot as a wild roe.सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।
19 And Asahel pursued after Abner; and in going he turned not to the right hand nor to the left from following Abner.असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले।
20 Then Abner looked behind him, and said, Art thou Asahel? And he answered, I am.अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?”असाहेलले भन्यो, “हो, मै हुँ।”
21 And Abner said to him, Turn thee aside to thy right hand or to thy left, and lay hold on one of the young men, and take to thee his armor. But Asahel would not turn aside from following him.अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।
22 And Abner said again to Asahel, Turn thee aside from following me: Why should I smite thee to the ground? how then should I hold up my face to Joab thy brother?फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”
23 But he refused to turn aside: wherefore Abner with the hinder end of the spear smote him under the fifth rib, that the spear came out behind him; and he fell down there, and died in the same place: and it came to pass, that as many as came to the place where Asahel fell down and died, stood still.तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो।असाहेलको लास भुइँमा लड्यो। मानिसहरूले हतार-हतार गएर हेरे।
24 Joab also, and Abishai pursued Abner: and the sun went down when they had come to the hill of Ammah, that lieth before Giah by the way of the wilderness of Gibeon.तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सुर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरूभूमि जाने बाटो तिर पर्थ्यो)
25 And the children of Benjamin assembled themselves after Abner, and became one troop, and stood on the top of a hill.बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।
26 Then Abner called to Joab, and said, Shall the sword devour for ever? knowest thou not that it will be bitterness in the latter end? how long shall it be then, ere thou wilt bid the people return from following their brethren?अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैं एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दायू-भाइहरूलाई नखेद्नु भनेर भन।”
27 And Joab said, As God liveth, unless thou hadst spoken, surely then in the morning the people had gone up every one from following his brother.तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।”
28 So Joab blew a trumpet, and all the people stood still, and pursued Israel no more, neither fought they any more.यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।
29 And Abner and his men walked all that night through the plain, and passed over Jordan, and went through all Bithron, and they came to Mahanaim.अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।
30 And Joab returned from following Abner: and when he had assembled all the people, there lacked of David's servants nineteen men, and Asahel.योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्।
31 But the servants of David had smitten of Benjamin, and of Abner's men, so that three hundred and sixty men died.तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्।
32 And they took up Asahel, and buried him in the sepulcher of his father, which was in Beth-lehem. And Joab and his men went all night, and they came to Hebron at break of day.दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे।योआब अनि उसका मानिसहरू रातभरि हिंडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।
Nepali Bible