2 Samuel 12 - YLT (Nepali)
1 And Jehovah sendeth Nathan unto David, and he cometh unto him, and saith to him: `Two men have been in one city; One rich and one poor;परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब।
2 The rich hath flocks and herds very many;त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।
3 And the poor one hath nothing, Except one little ewe-lamb, Which he hath bought, and keepeth alive, And it groweth up with him, And with his sons together; Of his morsel it eateth, And from his cup it drinketh, And in his bosom it lieth, And it is to him as a daughter;तर त्यस गरिब मानिसको एउटा किनेको भेडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।
4 And there cometh a traveller to the rich man, And he spareth to take Of his own flock, and of his own herd, To prepare for the traveller Who hath come to him, And he taketh the ewe-lamb of the poor man, And prepareth it for the man Who hath come unto him.'“तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”
5 And the anger of David burneth against the man exceedingly, and he saith unto Nathan, `Jehovah liveth, surely a son of death `is' the man who is doing this,दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै।
6 and the ewe-lamb he doth repay fourfold, because that he hath done this thing, and because that he had no pity.'उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
7 And Nathan saith unto David, `Thou `art' the man! Thus said Jehovah, God of Israel, I anointed thee for king over Israel, and I delivered thee out of the hand of Saul;तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।
8 and I give to thee the house of thy lord, and the wives of thy lord, into thy bosom, and I give to thee the house of Israel and of Judah; and if little, then I add to thee such and such `things'.मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए।
9 `Wherefore hast thou despised the word of Jehovah, to do the evil thing in His eyes? Uriah the Hittite thou hast smitten by the sword, and his wife thou hast taken to thee for a wife, and him thou hast slain by the sword of the Bene-Ammon.यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?
10 `And now, the sword doth not turn aside from thy house unto the age, because thou hast despised Me, and dost take the wife of Uriah the Hittite to be to thee for a wife;यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
11 thus said Jehovah, Lo, I am raising up against thee evil, out of thy house, and have taken thy wives before thine eyes, and given to thy neighbour, and he hath lain with thy wives before the eyes of this sun;“परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्।
12 for thou hast done `it' in secret, and I do this thing before all Israel, and before the sun.'तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।”‘
13 And David saith unto Nathan, `I have sinned against Jehovah.' And Nathan saith unto David, `Also -- Jehovah hath caused thy sin to pass away; thou dost not die;तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।
14 only, because thou hast caused the enemies of Jehovah greatly to despise by this thing, also the son who is born to thee doth surely die.'तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
15 And Nathan goeth unto his house, and Jehovah smiteth the lad, whom the wife of Uriah hath born to David, and it is incurable;त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो।
16 and David seeketh God for the youth, and David keepeth a fast, and hath gone in and lodged, and lain on the earth.दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।
17 And the elders of his house rise against him, to raise him up from the earth, and he hath not been willing, nor hath he eaten with them bread;दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्।
18 and it cometh to pass on the seventh day, that the lad dieth, and the servants of David fear to declare to him that the lad is dead, for they said, `Lo, in the lad being alive we spake unto him, and he did not hearken to our voice; and how do we say unto him, The lad is dead? -- then he hath done evil.'सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”
19 And David seeth that his servants are whispering, and David understandeth that the lad is dead, and David saith unto his servants, `Is the lad dead?' and they say, `Dead.'तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?”नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”
20 And David riseth from the earth, and doth bathe and anoint `himself', and changeth his raiment, and cometh in to the house of Jehovah, and boweth himself, and cometh unto his house, and asketh and they place for him bread, and he eateth.त्यसपछि दाऊद भुँइबाट उठे। आफू स्नान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।
21 And his servants say unto him, `What `is' this thing thou hast done? because of the living lad thou hast fasted and dost weep, and when the lad is dead thou hast risen and dost eat bread.'दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”
22 And he saith, `While the lad is alive I have fasted, and weep, for I said, Who knoweth? -- Jehovah doth pity me, and the lad hath lived;दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोइ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’
23 and now, he hath died, why `is' this -- I fast? am I able to bring him back again? I am going unto him, and he doth not turn back unto me.'तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”
24 And David comforteth Bath-Sheba his wife, and goeth in unto her, and lieth with her, and she beareth a son, and he calleth his name Solomon; and Jehovah hath loved him,त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।
25 and sendeth by the hand of Nathan the prophet, and calleth his name Jedidiah, because of Jehovah.परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।
26 And Joab fighteth against Rabbah of the Bene-Ammon, and captureth the royal city,रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।
27 and Joab sendeth messengers unto David, and saith, `I have fought against Rabbah -- also I have captured the city of waters;योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें।
28 and now, gather the rest of the people, and encamp against the city, and capture it, lest I capture the city, and my name hath been called upon it.'अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाए भने शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”
29 And David gathereth all the people, and goeth to Rabbah, and fighteth against it, and captureth it;यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए।
30 and he taketh the crown of their king from off his head, and its weight `is' a talent of gold, and precious stones, and it is on the head of David; and the spoil of the city he hath brought out, very much;दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडासुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।
31 and the people who `are' in it he hath brought out, and setteth to the saw, and to cutting instruments of iron, and to axes of iron, and hath caused them to pass over into the brick-kiln; and so he doth to all the cities of the Bene-Ammon; and David turneth back, and all the people, to Jerusalem.दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।
Nepali Bible