Bible

2 Kings 13 - DBY (Nepali)

1 In the three-and-twentieth year of Joash the son of Ahaziah, king of Judah, Jehoahaz the son of Jehu began to reign over Israel in Samaria, for seventeen years.येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।

2 And he did evil in the sight of Jehovah, and followed the sins of Jeroboam the son of Nebat, who made Israel to sin; he departed not from them.योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।

3 And the anger of Jehovah was kindled against Israel, and he delivered them into the hand of Hazael king of Syria, and into the hand of Ben-Hadad the son of Hazael, all those days.तब परमप्रभु इस्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।

4 (And Jehoahaz besought Jehovah, and Jehovah hearkened to him; for he saw the oppression of Israel, because the king of Syria oppressed them.तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुन्नुभयो। परमप्रभुले इस्राएलको संकट अनि अरामका राजाले इस्राएलीमाथि गरेको कष्ट देख्नु भएको थियो।

5 And Jehovah gave Israel a saviour, so that they went out from under the hand of the Syrians; and the children of Israel dwelt in their tents as before.यसकारण परमप्रभुले इस्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्राएलीहरू आ-आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।

6 Nevertheless they departed not from the sins of the house of Jeroboam, who made Israel to sin: they walked therein; and there remained also the Asherah in Samaria.)तर इस्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप फिंजियो। इस्राएलीहरूले यारोबामले गरेको पाप गरिनै राखे। तिनीहरूले अशेराको खाँबोलाई सामरियामा राख्ने काम गरे।

7 For he had left of the people to Jehoahaz but fifty horsemen, and ten chariots, and ten thousand footmen; for the king of Syria had destroyed them, and had made them like the dust by threshing.अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।

8 And the rest of the acts of Jehoahaz, and all that he did, and his might, are they not written in the book of the chronicles of the kings of Israel?सबै महान कामहरू जो योआहाजले गरेका थिए इस्राएलका राजाहरूको इतिहासको” पुस्तकमा लेखिएको छ।

9 And Jehoahaz slept with his fathers, and they buried him in Samaria; and Joash his son reigned in his stead.योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।

10 In the thirty-seventh year of Joash king of Judah began Jehoash the son of Jehoahaz to reign over Israel in Samaria, for sixteen years.योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र वर्ष शासन गरे।

11 And he did evil in the sight of Jehovah; he departed not from any of the sins of Jeroboam the son of Nebat, who made Israel to sin: he walked therein.इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।

12 And the rest of the acts of Joash, and all that he did, and his might with which he fought against Amaziah king of Judah, are they not written in the book of the chronicles of the kings of Israel?सबै महान कामहरू जो योआशले गरेका थिए अनि उनको यहूदाका राजा अमस्याहले गरेको युद्धको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तक लेखिएको छ।

13 And Joash slept with his fathers, and Jeroboam sat upon his throne; and Joash was buried in Samaria with the kings of Israel.योआश मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। यारोबाम नयाँ राजा भए अनि योआशको सिंहासनमा बसे। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो।

14 And Elisha fell sick of his sickness in which he died. And Joash the king of Israel came down to him, and wept over his face, and said, My father, my father! the chariot of Israel and the horsemen thereof!एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”

15 And Elisha said to him, Take bow and arrows. And he took a bow and arrows.एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।”योआशले एउटा धनुष अनि केही तीरहरू लिए।

16 And he said to the king of Israel, Put thy hand upon the bow. And he put his hand [upon it]; and Elisha put his hands upon the king's hands,तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे।

17 and said, Open the window eastward. And he opened [it]. And Elisha said, Shoot. And he shot. And he said, An arrow of Jehovah's deliverance, even an arrow of deliverance from the Syrians; and thou shalt smite the Syrians in Aphek, till thou hast consumed [them].एलीशाले भने, “पूर्वको झ्याल खोल।” योआशले झ्याल खोले। तब एलियाले भने, “चलाउनु होस्!”योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।”

18 And he said, Take the arrows. And he took [them]. And he said to the king of Israel, Smite upon the ground. And he smote thrice, and stayed.एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।”योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।

19 And the man of God was wroth with him, and said, Thou shouldest have smitten five or six times; then wouldest thou have smitten the Syrians till thou hadst consumed [them]; whereas now thou shalt smite Syria but thrice.परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारूञ्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”

20 And Elisha died, and they buried him. And the bands of the Moabites invaded the land at the coming in of the year.एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो।

21 And it came to pass as they were burying a man, that behold, they saw the band, and they cast the man into the sepulchre of Elisha; and the man went [down], and touched the bones of Elisha, and he revived, and stood upon his feet.केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।

22 And Hazael king of Syria oppressed Israel all the days of Jehoahaz.योआहाजले शासन गरेको समयमा अरामका राजा हजाएलले इस्राएलमाथि संकट सृष्टि गरे।

23 And Jehovah was gracious to them, and had compassion on them, and had respect to them, because of his covenant with Abraham, Isaac, and Jacob; and he would not destroy them, neither did he cast them from his presence up to that time.तर परमप्रभु इस्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्राएलीहरूलाई अझसम्म नष्ट अथवा टाढा फ्याँकन चाहादैनन् थिए।

24 And Hazael king of Syria died, and Ben-Hadad his son reigned in his stead.हजाएल, आरमका राजा मरे र ऊ पछि उनका छोरा बेन-हदद राजा भए।

25 And Jehoash the son of Jehoahaz took again out of the hand of Ben-Hadad the son of Hazael the cities which he had taken out of the hand of Jehoahaz his father in the war. Three times did Joash beat him, and recovered the cities of Israel.मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआश योआशले ती शहरहरू हजाएलका छोरा बेनहददबाट लिए। योआशले बेन-हददलाई तीन पटक परास्त गरे अनि इस्राएलका शहरहरू फिर्ता लिए।

Nepali Bible