Bible

2 Kings 13 - BBE (Nepali)

1 In the twenty-third year of Joash, the son of Ahaziah, king of Judah, Jehoahaz, the son of Jehu, became king over Israel in Samaria, ruling for seventeen years.येहूका छोरा योआहाज सामरियामा इस्राएलका राजा भए। यहूदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।

2 He did evil in the eyes of the Lord, copying the sins of Jeroboam, the son of Nebat, which he did and made Israel do; he did not keep himself from them.योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।

3 So the wrath of the Lord was burning against Israel, and he gave them up into the power of Hazael, king of Aram, and into the power of Ben-hadad, the son of Hazael, again and again.तब परमप्रभु इस्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।

4 Then Jehoahaz made prayer to the Lord, and the Lord gave ear to him, for he saw how cruelly Israel was crushed by the king of Aram.तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुन्नुभयो। परमप्रभुले इस्राएलको संकट अनि अरामका राजाले इस्राएलीमाथि गरेको कष्ट देख्नु भएको थियो।

5 (And the Lord gave Israel a saviour, so that they became free from the hands of the Aramaeans; and the children of Israel were living in their tents as in the past.यसकारण परमप्रभुले इस्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्राएलीहरू आ-आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।

6 But still they did not give up the sin of Jeroboam, which he made Israel do, but went on with it; and there was an image of Asherah in Samaria.)तर इस्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप फिंजियो। इस्राएलीहरूले यारोबामले गरेको पाप गरिनै राखे। तिनीहरूले अशेराको खाँबोलाई सामरियामा राख्ने काम गरे।

7 For out of all his army, Jehoahaz had only fifty horsemen and ten carriages and ten thousand footmen; the king of Aram had given them up to destruction, crushing them like dust.अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँई गर्दा हावाले उडाएको भुस जस्तै भए।

8 Now the rest of the acts of Jehoahaz, and all he did, and his great power, are they not recorded in the book of the history of the kings of Israel?सबै महान कामहरू जो योआहाजले गरेका थिए इस्राएलका राजाहरूको इतिहासको” पुस्तकमा लेखिएको छ।

9 And Jehoahaz went to rest with his fathers, and was put into the earth in Samaria; and Joash his son became king in his place.योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।

10 In the thirty-seventh year of the rule of Joash, king of Judah, Joash, the son of Jehoahaz, became king over Israel in Samaria, ruling for sixteen years.योआहाजका छोरा योआश सामरियामा इस्राएलका राजा भए। यो यहूदाका राजा योआशको सैंतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्राएलमा सोह्र वर्ष शासन गरे।

11 He did evil in the eyes of the Lord, not turning away from the sin of Jeroboam, the son of Nebat, which he did and made Israel do, but he went on with it.इस्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।

12 Now the rest of the acts of Joash, and all he did, and the force with which he went to war against Amaziah, king of Judah, are they not recorded in the book of the history of the kings of Israel?सबै महान कामहरू जो योआशले गरेका थिए अनि उनको यहूदाका राजा अमस्याहले गरेको युद्धको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तक लेखिएको छ।

13 And Joash went to rest with his fathers and Jeroboam took his place as king; and Joash was put into the earth in Samaria with the kings of Israel.योआश मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। यारोबाम नयाँ राजा भए अनि योआशको सिंहासनमा बसे। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो।

14 Now Elisha became ill with the disease which was the cause of his death: and Joash, king of Israel, came down to him, and weeping over him said, My father, my father, the war-carriages of Israel and its horsemen!एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवाहरू?”

15 Then Elisha said to him, Take bow and arrows: and he took bow and arrows.एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।”योआशले एउटा धनुष अनि केही तीरहरू लिए।

16 And he said to the king of Israel, Put your hand on the bow: and he put his hand on it; and Elisha put his hands on the king's hands.तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे।

17 Then he said; Let the window be open to the east: and he got it open. Then Elisha said, Let the arrow go; and he let it go. And he said, The Lord's arrow of salvation, of salvation over Aram; for you will overcome the Aramaeans in Aphek and put an end to them.एलीशाले भने, “पूर्वको झ्याल खोल।” योआशले झ्याल खोले। तब एलियाले भने, “चलाउनु होस्!”योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।”

18 And he said, Take the arrows: and he took them. And he said to the king of Israel, Send them down into the earth; and he did so three times and no more.एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।”योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।

19 Then the man of God was angry with him and said, If you had done it five or six times, then you would have overcome Aram completely; but now you will only overcome them three times.परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारूञ्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”

20 And death came to Elisha and they put his body into the earth. Now in the spring of the year, armed bands of Moabites frequently came, overrunning the land.एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो।

21 And while they were putting a dead man into the earth, they saw a band coming; and they put the man quickly into the place where Elisha's body was; and the dead man, on touching Elisha's bones, came to life again, and got up on his feet.केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।

22 And Israel was crushed under the power of Hazael, king of Aram, all the days of Jehoahaz.योआहाजले शासन गरेको समयमा अरामका राजा हजाएलले इस्राएलमाथि संकट सृष्टि गरे।

23 But the Lord was kind to them and had pity on them, caring for them, because of his agreement with Abraham, Isaac, and Jacob; he would not put them to destruction or send them away from before his face till now.तर परमप्रभु इस्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्राएलीहरूलाई अझसम्म नष्ट अथवा टाढा फ्याँकन चाहादैनन् थिए।

24 Then Hazael, king of Aram, came to his end; and Ben-hadad his son became king in his place.हजाएल, आरमका राजा मरे र ऊ पछि उनका छोरा बेन-हदद राजा भए।

25 And Jehoash, the son of Jehoahaz, took again from Ben-hadad, the son of Hazael, the towns which he had taken from Jehoahaz his father in war. Three times Jehoash overcame him and got back the towns of Israel.मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआश योआशले ती शहरहरू हजाएलका छोरा बेनहददबाट लिए। योआशले बेन-हददलाई तीन पटक परास्त गरे अनि इस्राएलका शहरहरू फिर्ता लिए।

Nepali Bible