2 John 1 - DBY (Nepali)
1 The elder to [the] elect lady and her children, whom *I* love in truth, and not *I* only but also all who have known the truth,परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरु प्रति म तिमीहरु, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरुलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरुलाई पनि।
2 for the truth's sake which abides in us and shall be with us to eternity.यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरुलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।
3 Grace shall be with you, mercy, peace from God [the] Father, and from [the] Lord Jesus Christ, the Son of the Father, in truth and love.अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसंग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौ।
4 I rejoiced greatly that I have found of thy children walking in truth, as we have received commandment from the Father.तिम्रो कोही बालकहरु जो तिनीहरु पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुसरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।
5 And now I beseech thee, lady, not as writing to thee a new commandment, but that which we have had from [the] beginning, that we should love one another.अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो।
6 And this is love, that we should walk according to his commandments. This is the commandment, according as ye have heard from the beginning, that ye might walk in it.अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरुले प्रेमको अनुसरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।
7 For many deceivers have gone out into the world, they who do not confess Jesus Christ coming in flesh -- this is the deceiver and the antichrist.यो संसारमा अनेकौं झूटो शिक्षकहरु छन्। यी झूटो शिक्षकहरुले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ उ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो।
8 See to yourselves, that we may not lose what we have wrought, but may receive full wages.होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।
9 Whosoever goes forward and abides not in the doctrine of the Christ has not God. He that abides in the doctrine, *he* has both the Father and the Son.एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुसरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यसं व्यक्तिसंग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुसरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।
10 If any one come to you and bring not this doctrine, do not receive him into [the] house, and greet him not;यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।
11 for he who greets him partakes in his wicked works.यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ।
12 Having many things to write to you, I would not with paper and ink; but hope to come to you, and to speak mouth to mouth, that our joy may be full.मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेटन आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ।
13 The children of thine elect sister greet thee.तिम्रो बहिनीका बालकहरुले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।
Nepali Bible