2 John 1 - BBE (Nepali)
1 I, a ruler in the church, send word to the noble sister who is of God's selection, and to her children, for whom I have true love; and not only I, but all who have knowledge of what is true;परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरु प्रति म तिमीहरु, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरुलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरुलाई पनि।
2 Because of this true knowledge which is in us, and will be with us for ever:यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरुलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।
3 May grace, mercy, and peace be with us from God the Father, and from Jesus Christ, the Son of the Father, in all true love.अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसंग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौ।
4 It gave me great joy to see some of your children walking in the true way, even as we were ordered to do by the Father.तिम्रो कोही बालकहरु जो तिनीहरु पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुसरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।
5 And now, my sister, I make a request to you, not sending you a new law, but the law which we had from the first, that we have love for one another.अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो।
6 And love is the keeping of his laws. This is the law which was given to you from the first, so that you might keep it.अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरुले प्रेमको अनुसरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।
7 Because a number of false teachers have gone out into the world, who do not give witness that Jesus Christ came in the flesh. Such a one is a false teacher and Antichrist.यो संसारमा अनेकौं झूटो शिक्षकहरु छन्। यी झूटो शिक्षकहरुले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ उ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो।
8 Keep watch over yourselves, so that you do not make our work of no effect, but may get your full reward.होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।
9 Anyone who goes on and does not keep to the teaching of Christ, has not God: he who keeps to the teaching has the Father and the Son.एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुसरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यसं व्यक्तिसंग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुसरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।
10 If anyone comes to you not having this teaching, do not take him into your house or give him words of love:यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।
11 For he who gives him words of love has a part in his evil works.यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ।
12 Having much to say to you, it is not my purpose to put it all down with paper and ink: but I am hoping to come to you, and to have talk with you face to face, so that your joy may be full.मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेटन आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ।
13 The children of your noble sister, who is of God's selection, send you their love.तिम्रो बहिनीका बालकहरुले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।
Nepali Bible