2 Chronicles 4 - KJV (Nepali)
1 Moreover he made an altar of brass, twenty cubits the length thereof, and twenty cubits the breadth thereof, and ten cubits the height thereof.सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौडा अनि 10 हात अग्लो थियो।
2 Also he made a molten sea of ten cubits from brim to brim, round in compass, and five cubits the height thereof; and a line of thirty cubits did compass it round about.त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
3 And under it was the similitude of oxen, which did compass it round about: ten in a cubit, compassing the sea round about. Two rows of oxen were cast, when it was cast.ठूलो काँसाको खड्कुँलाको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खड्कुँला वरिपरि 10 हात फैलिएका थिए। खडकुँलाको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए।
4 It stood upon twelve oxen, three looking toward the north, and three looking toward the west, and three looking toward the south, and three looking toward the east: and the sea was set above upon them, and all their hinder parts were inward.ठूलो काँसाको खड्कुँला बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खड्कुँला यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए।
5 And the thickness of it was an handbreadth, and the brim of it like the work of the brim of a cup, with flowers of lilies; and it received and held three thousand baths.ठूलो काँसाको खड्कुँला आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खडकुँलाको घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः सत्तरी हजार पाथीअटाउँन सकिन्थ्यो।
6 He made also ten lavers, and put five on the right hand, and five on the left, to wash in them: such things as they offered for the burnt offering they washed in them; but the sea was for the priests to wash in.सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खड्कुँलाको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खड्कुँला बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।
7 And he made ten candlesticks of gold according to their form, and set them in the temple, five on the right hand, and five on the left.सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।
8 He made also ten tables, and placed them in the temple, five on the right side, and five on the left. And he made an hundred basins of gold.सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे।
9 Furthermore he made the court of the priests, and the great court, and doors for the court, and overlaid the doors of them with brass.सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।
10 And he set the sea on the right side of the east end, over against the south.त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।
11 And Huram made the pots, and the shovels, and the basins. And Huram finished the work that he was to make for king Solomon for the house of God;हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।
12 To wit, the two pillars, and the pommels, and the chapiters which were on the top of the two pillars, and the two wreaths to cover the two pommels of the chapiters which were on the top of the pillars;हूरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हूरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौरहरूलाई ढाक्न बुट्टादार जाली पनि बनाए।
13 And four hundred pomegranates on the two wreaths; two rows of pomegranates on each wreath, to cover the two pommels of the chapiters which were upon the pillars.हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।
14 He made also bases, and lavers made he upon the bases;हूरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए।
15 One sea, and twelve oxen under it.हूरामले एउटा ठूलो काँसाका खडकुँला अनि खडकुँला मुन्तिर बाह्रवटा गोरूहरू बनाए।
16 The pots also, and the shovels, and the fleshhooks, and all their instruments, did Huram his father make to king Solomon for the house of the LORD of bright brass.हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
17 In the plain of Jordan did the king cast them, in the clay ground between Succoth and Zeredathah.राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए।
18 Thus Solomon made all these vessels in great abundance: for the weight of the brass could not be found out.सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।
19 And Solomon made all the vessels that were for the house of God, the golden altar also, and the tables whereon the shewbread was set;सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
20 Moreover the candlesticks with their lamps, that they should burn after the manner before the oracle, of pure gold;सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।
21 And the flowers, and the lamps, and the tongs, made he of gold, and that perfect gold;सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
22 And the snuffers, and the basins, and the spoons, and the censers, of pure gold: and the entry of the house, the inner doors thereof for the most holy place, and the doors of the house of the temple, were of gold.सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।
Nepali Bible