2 Chronicles 35 - DBY (Nepali)
1 And Josiah held a passover to Jehovah in Jerusalem; and they slaughtered the passover on the fourteenth of the first month.राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो।
2 And he set the priests in their charges, and encouraged them to the service of the house of Jehovah.योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए।
3 And he said to the Levites, that taught all Israel, [and] who were holy to Jehovah, Put the holy ark in the house that Solomon the son of David, king of Israel, built; ye have not to carry it upon your shoulders. Serve now Jehovah your God, and his people Israel;योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र संदूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।
4 and prepare yourselves by your fathers' houses, in your divisions, according to the writing of David king of Israel, and according to the writing of Solomon his son;तिमीहरू स्वयंलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।
5 and stand in the sanctuary for the classes of the fathers' houses, for your brethren, the children of the people, and [according] to the divisions of the fathers' houses of the Levites;पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ।
6 and slaughter the passover, and hallow yourselves, and prepare it for your brethren, that they may do according to the word of Jehovah through Moses.निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”
7 And Josiah gave for the children of the people a heave-offering of the flocks, lambs and goats, all for the passover-offerings, for all that were present -- to the number of thirty thousand, and three thousand bullocks: these were of the king's substance.योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए।
8 And his princes gave a voluntary heave-offering for the people, for the priests, and for the Levites: Hilkijah and Zechariah and Jehiel, rulers of the house of God, gave to the priests for the passover-offerings two thousand six hundred [small cattle] and three hundred oxen;योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए।
9 and Conaniah, and Shemaiah and Nethaneel, his brethren, and Hashabiah and Jeiel and Jozabad, chief of the Levites, gave as heave-offering to the Levites for the passover-offerings five thousand [small cattle] and five hundred oxen.कोन्नयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेंडा र बाख्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।
10 And the service was prepared, and the priests stood in their place, and the Levites in their divisions, according to the king's commandment.निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो।
11 And they slaughtered the passover, and the priests sprinkled [the blood] from their hand, and the Levites flayed them.निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए।
12 And they set apart the burnt-offerings to give them to the classes of the fathers' houses of the children of the people, to present them to Jehovah, as it is written in the book of Moses. And so [did they] with the oxen.त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे।
13 And they roasted the passover with fire according to the ordinance; and the consecrated things they boiled in pots and in cauldrons and in pans, and divided them speedily among all the children of the people.लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए।
14 And afterwards they made ready for themselves and for the priests; because the priests, the sons of Aaron, [were engaged] in offering up the burnt-offerings and the fat until night; therefore the Levites prepared for themselves, and for the priests, the sons of Aaron.यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हारूनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अंध्यारो नभएसम्म खराएर ब्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे।
15 And the singers, the sons of Asaph, were in their place, according to the commandment of David, and Asaph, and Heman, and Jeduthun the king's seer; and the doorkeepers were at every gate; they had not to depart from their service, for their brethren the Levites prepared for them.आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।
16 And all the service of Jehovah was prepared the same day, to hold the passover, and to offer burnt-offerings on the altar of Jehovah according to the commandment of king Josiah.यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए।
17 And the children of Israel that were present held the passover at that time, and the feast of unleavened bread seven days.इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए।
18 And there was no passover like to that holden in Israel from the days of Samuel the prophet; neither did all the kings of Israel hold such a passover as Josiah held, and the priests, and the Levites, and all Judah and Israel that were present, and the inhabitants of Jerusalem.निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए।
19 In the eighteenth year of the reign of Josiah was this passover holden.तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं वर्षमा मनाए।
20 After all this, when Josiah had arranged the house, Necho king of Egypt came up to fight against Karkemish at the Euphrates; and Josiah went out against him.योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए।
21 And he sent messengers to him, saying, What have I to do with thee, thou king of Judah? I come not against thee this day, but against the house with which I have war; and God has told me to make haste: keep aloof from God who is with me, that he destroy thee not.तर नेकोले योशियाह कहाँ दूतहरू पठाए। तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”
22 But Josiah would not turn his face from him, but disguised himself, that he might fight against him; and he hearkened not to the words of Necho from the mouth of God; and he came to fight in the valley of Megiddo.तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्।
23 And the archers shot at king Josiah; and the king said to his servants, Have me away, for I am sore wounded.योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”
24 And his servants took him out from the chariot, and put him in the second chariot that he had, and brought him to Jerusalem. And he died, and was buried in the sepulchres of his fathers. And all Judah and Jerusalem mourned for Josiah.यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखित थिए किनभने योशियाहको मृत्यु भएको थियो।
25 And Jeremiah lamented for Josiah; and all the singing men and singing women spoke of Josiah in their lamentations to this day; and they made them an ordinance for Israel. And behold, they are written in the lamentations.यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू “शोक-गीतहरू” नाउँको पुस्तकमा लेखिएका छन्।
26 And the rest of the acts of Josiah, and his good deeds, according to that which is written in the law of Jehovah,योशियाहले तिनी राजा हुँदा आफ्नो शासनकालको शुरू देखि अन्त सम्म गरेका सबै अन्य कुराहरू “इस्राएल अनि यहूदाका राजाहरूको इतिहास” नाउँको पुस्तकमा लेखिएका छन्।
27 and his acts, first and last, behold, they are written in the book of the kings of Israel and Judah.त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ।
Nepali Bible