2 Chronicles 33 - WEB (Nepali)
1 Manasseh was twelve years old when he began to reign; and he reigned fifty-five years in Jerusalem.मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।
2 He did that which was evil in the sight of Yahweh, after the abominations of the nations whom Yahweh cast out before the children of Israel.मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो।
3 For he built again the high places which Hezekiah his father had broken down; and he reared up altars for the Baals, and made Asheroth, and worshiped all the host of the sky, and served them.मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।
4 He built altars in the house of Yahweh, of which Yahweh said, In Jerusalem shall my name be forever.मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”
5 He built altars for all the host of the sky in the two courts of the house of Yahweh.तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।
6 He also made his children to pass through the fire in the valley of the son of Hinnom; and he practiced sorcery, and used enchantments, and practiced sorcery, and dealt with those who had familiar spirits, and with wizards: he worked much evil in the sight of Yahweh, to provoke him to anger.मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।
7 He set the engraved image of the idol, which he had made, in the house of God, of which God said to David and to Solomon his son, In this house, and in Jerusalem, which I have chosen out of all the tribes of Israel, will I put my name forever:मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।
8 neither will I any more remove the foot of Israel from off the land which I have appointed for your fathers, if only they will observe to do all that I have commanded them, even all the law and the statutes and the ordinances [given] by Moses.म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।”
9 Manasseh seduced Judah and the inhabitants of Jerusalem, so that they did evil more than did the nations whom Yahweh destroyed before the children of Israel.मनश्शेले यहूदाका मानिसहरू अनि यरूशलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो।
10 Yahweh spoke to Manasseh, and to his people; but they gave no heed.परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे।
11 Therefore Yahweh brought on them the captains of the host of the king of Assyria, who took Manasseh in chains, and bound him with fetters, and carried him to Babylon.यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।
12 When he was in distress, he begged Yahweh his God, and humbled himself greatly before the God of his fathers.जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
13 He prayed to him; and he was entreated of him, and heard his supplication, and brought him again to Jerusalem into his kingdom. Then Manasseh knew that Yahweh he was God.मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
14 Now after this he built an outer wall to the city of David, on the west side of Gihon, in the valley, even to the entrance at the fish gate; and he compassed Ophel about [with it], and raised it up to a very great height: and he put valiant captains in all the fortified cities of Judah.त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।
15 He took away the foreign gods, and the idol out of the house of Yahweh, and all the altars that he had built in the mountain of the house of Yahweh, and in Jerusalem, and cast them out of the city.मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले।
16 He built up the altar of Yahweh, and offered thereon sacrifices of peace-offerings and of thanksgiving, and commanded Judah to serve Yahweh, the God of Israel.तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।
17 Nevertheless the people sacrificed still in the high places, but only to Yahweh their God.मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।
18 Now the rest of the acts of Manasseh, and his prayer to his God, and the words of the seers who spoke to him in the name of Yahweh, the God of Israel, behold, they are written among the acts of the kings of Israel.मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, “इस्राएलका राजाहरूको अधिकारिक उल्लेख” नाउँका पुस्तकमा लेखिएका छन्।
19 His prayer also, and how [God] was entreated of him, and all his sin and his trespass, and the places in which he built high places, and set up the Asherim and the engraved images, before he humbled himself: behold, they are written in the history of Hozai.मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।
20 So Manasseh slept with his fathers, and they buried him in his own house: and Amon his son reigned in his place.यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।
21 Amon was twenty-two years old when he began to reign; and he reigned two years in Jerusalem.आमोन बाईस वर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ वर्ष सम्म राजा थिए।
22 He did that which was evil in the sight of Yahweh, as did Manasseh his father; and Amon sacrificed to all the engraved images which Manasseh his father had made, and served them.आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।
23 He didn't humble himself before Yahweh, as Manasseh his father had humbled himself; but this same Amon trespassed more and more.आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।
24 His servants conspired against him, and put him to death in his own house.आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।
25 But the people of the land killed all those who had conspired against king Amon; and the people of the land made Josiah his son king in his place.तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।योशियाह यहूदाका राजा
Nepali Bible