Bible

2 Chronicles 33 - BBE (Nepali)

1 Manasseh was twelve years old when he became king, and he was ruling for fifty-five years in Jerusalem.मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।

2 He did evil in the eyes of the Lord, copying the disgusting ways of the nations whom the Lord had sent out of the land before the children of Israel.मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो।

3 For he put up again the high places which had been pulled down by his father Hezekiah; and he made altars for the Baals, and pillars of wood, and was a worshipper and servant of all the stars of heaven;मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।

4 And he made altars in the house of the Lord, of which the Lord had said, In Jerusalem will my name be for ever.मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”

5 And he made altars for all the stars of heaven in the two outer squares of the house of the Lord.तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।

6 More than this, he made his children go through the fire in the valley of the son of Hinnom; and he made use of secret arts, and signs for reading the future, and unnatural powers, and gave positions to those who had control of spirits and to wonder-workers: he did much evil in the eyes of the Lord, moving him to wrath.मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।

7 And he put the image he had made in the house of God, the house of which God had said to David and to Solomon his son, In this house, and in Jerusalem, the town which I have made mine out of all the tribes of Israel, will I put my name for ever:मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।

8 And never again will I let the feet of Israel be moved out of the land which I have given to their fathers; if only they will take care to do all my orders, even all the law and the orders and the rules given to them by Moses.म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।”

9 And Manasseh made Judah and the people of Jerusalem go out of the true way, so that they did more evil than those nations whom the Lord gave up to destruction before the children of Israel.मनश्शेले यहूदाका मानिसहरू अनि यरूशलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो।

10 And the word of the Lord came to Manasseh and his people, but they gave no attention.परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे।

11 So the Lord sent against them the captains of the army of Assyria, who made Manasseh a prisoner and took him away in chains to Babylon.यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।

12 And crying out to the Lord his God in his trouble, he made himself low before the God of his fathers,जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।

13 And made prayer to him; and in answer to his prayer God let him come back to Jerusalem and to his kingdom. Then Manasseh was certain that the Lord was God.मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।

14 After this he made an outer wall for the town of David, on the west side of Gihon in the valley, as far as the way into the town by the fish doorway; and he put a very high wall round the Ophel; and he put captains of the army in all the walled towns of Judah.त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।

15 He took away the strange gods and the image out of the house of the Lord, and all the altars he had put up on the hill of the Lord's house and in Jerusalem, and put them out of the town.मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले।

16 And he put the altar of the Lord in order, offering peace-offerings and praise-offerings on it, and said that all Judah were to be servants of the Lord, the God of Israel.तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।

17 However, the people still made offerings in the high places, but only to the Lord their God.मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।

18 Now the rest of the acts of Manasseh, and his prayer to his God, and the words which the seers said to him in the name of the Lord, the God of Israel, are recorded among the acts of the kings of Israel.मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, “इस्राएलका राजाहरूको अधिकारिक उल्लेख” नाउँका पुस्तकमा लेखिएका छन्।

19 And the prayer which he made to God, and how God gave him an answer, and all his sin and his wrongdoing, and the places where he made high places and put up pillars of wood and images, before he put away his pride, are recorded in the history of the seers.मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।

20 So Manasseh went to rest with his fathers, and they put his body to rest in his house, and Amon his son became king in his place.यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।

21 Amon was twenty-two years old when he became king; and he was ruling for two years in Jerusalem.आमोन बाईस वर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ वर्ष सम्म राजा थिए।

22 He did evil in the eyes of the Lord, as Manasseh his father had done; and Amon made offerings to all the images which his father Manasseh had made, and was their servant.आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।

23 He did not make himself low before the Lord, as his father Manasseh had done, but went on sinning more and more.आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।

24 And his servants made a secret design against him, and put him to death in his house.आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।

25 But the people of the land put to death all those who had taken part in the design against King Amon, and made his son Josiah king in his place.तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।योशियाह यहूदाका राजा

Nepali Bible