2 Chronicles 32 - WEB (Nepali)
1 After these things, and this faithfulness, Sennacherib king of Assyria came, and entered into Judah, and encamped against the fortified cities, and thought to win them for himself.हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे।
2 When Hezekiah saw that Sennacherib was come, and that he was purposed to fight against Jerusalem,हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो।
3 he took counsel with his princes and his mighty men to stop the waters of the springs which were outside of the city; and they helped him.तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे।
4 So there was gathered much people together, and they stopped all the springs, and the brook that flowed through the midst of the land, saying, Why should the kings of Assyria come, and find much water?धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।”
5 He took courage, and built up all the wall that was broken down, and raised [it] up to the towers, and the other wall outside, and strengthened Millo [in] the city of David, and made weapons and shields in abundance.हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।
6 He set captains of war over the people, and gathered them together to him in the broad place at the gate of the city, and spoke comfortably to them, saying,हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने।
7 Be strong and of good courage, don't be afraid nor dismayed for the king of Assyria, nor for all the multitude who is with him; for there is a greater with us than with him:तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “दृढ अनि साहसी बन। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा सूर्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।
8 with him is an arm of flesh; but with us is Yahweh our God to help us, and to fight our battles. The people rested themselves on the words of Hezekiah king of Judah.अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
9 After this did Sennacherib king of Assyria send his servants to Jerusalem, (now he was before Lachish, and all his power with him), to Hezekiah king of Judah, and to all Judah who were at Jerusalem, saying,अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो।
10 Thus says Sennacherib king of Assyria, Whereon do you trust, that you abide the siege in Jerusalem?तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ?
11 Does not Hezekiah persuade you, to give you over to die by famine and by thirst, saying, Yahweh our God will deliver us out of the hand of the king of Assyria?हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।”
12 Has not the same Hezekiah taken away his high places and his altars, and commanded Judah and Jerusalem, saying, You shall worship before one altar, and on it shall you burn incense?हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।
13 Don't you know what I and my fathers have done to all the peoples of the lands? Were the gods of the nations of the lands in any wise able to deliver their land out of my hand?निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।
14 Who was there among all the gods of those nations which my fathers utterly destroyed, that could deliver his people out of my hand, that your God should be able to deliver you out of my hand?मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ?
15 Now therefore don't let Hezekiah deceive you, nor persuade you after this manner, neither believe you him; for no god of any nation or kingdom was able to deliver his people out of my hand, and out of the hand of my fathers: how much less shall your God deliver you out of my hand?हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”‘
16 His servants spoke yet more against Yahweh God, and against his servant Hezekiah.अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने।
17 He wrote also letters, to rail on Yahweh, the God of Israel, and to speak against him, saying, As the gods of the nations of the lands, which have not delivered their people out of my hand, so shall the God of Hezekiah not deliver his people out of my hand.अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”
18 They cried with a loud voice in the Jews' language to the people of Jerusalem who were on the wall, to frighten them, and to trouble them; that they might take the city.तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकून्।
19 They spoke of the God of Jerusalem, as of the gods of the peoples of the earth, which are the work of men's hands.ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।
20 Hezekiah the king, and Isaiah the prophet the son of Amoz, prayed because of this, and cried to heaven.राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।
21 Yahweh sent an angel, who cut off all the mighty men of valor, and the leaders and captains, in the camp of the king of Assyria. So he returned with shame of face to his own land. When he was come into the house of his god, those who came forth from his own bowels killed him there with the sword.तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।
22 Thus Yahweh saved Hezekiah and the inhabitants of Jerusalem from the hand of Sennacherib the king of Assyria, and from the hand of all [others], and guided them on every side.यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।
23 Many brought gifts to Yahweh to Jerusalem, and precious things to Hezekiah king of Judah; so that he was exalted in the sight of all nations from thenceforth.धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।
24 In those days Hezekiah was sick even to death: and he prayed to Yahweh; and he spoke to him, and gave him a sign.ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।
25 But Hezekiah didn't render again according to the benefit done to him; for his heart was lifted up: therefore there was wrath on him, and on Judah and Jerusalem.तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।
26 Notwithstanding Hezekiah humbled himself for the pride of his heart, both he and the inhabitants of Jerusalem, so that the wrath of Yahweh didn't come on them in the days of Hezekiah.तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।
27 Hezekiah had exceeding much riches and honor: and he provided him treasuries for silver, and for gold, and for precious stones, and for spices, and for shields, and for all manner of goodly vessels;हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।
28 store-houses also for the increase of grain and new wine and oil; and stalls for all manner of animals, and flocks in folds.हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेडाहरू राख्ने र्खकहरू थिए।
29 Moreover he provided him cities, and possessions of flocks and herds in abundance; for God had given him very much substance.हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।
30 This same Hezekiah also stopped the upper spring of the waters of Gihon, and brought them straight down on the west side of the city of David. Hezekiah prospered in all his works.यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।
31 However in [the business of] the ambassadors of the princes of Babylon, who sent to him to inquire of the wonder that was done in the land, God left him, to try him, that he might know all that was in his heart.एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
32 Now the rest of the acts of Hezekiah, and his good deeds, behold, they are written in the vision of Isaiah the prophet the son of Amoz, in the book of the kings of Judah and Israel.हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, “आमोसका छोरो यशैया अगमवक्ताको दर्शन” भनिने पुस्तक अनि “यहूदा अनि इस्राएलका राजाहरूका इतिहास” भनिने पुस्तकमा लेखिएका छन्।
33 Hezekiah slept with his fathers, and they buried him in the ascent of the tombs of the sons of David: and all Judah and the inhabitants of Jerusalem did him honor at his death. Manasseh his son reigned in his place.हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।मनश्शे यहूदाका राजा
Nepali Bible