Bible

2 Chronicles 21 - ASV (Nepali)

1 And Jehoshaphat slept with his fathers, and was buried with his fathers in the city of David: and Jehoram his son reigned in his stead.तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।

2 And he had brethren, the sons of Jehoshaphat: Azariah, and Jehiel, and Zechariah, and Azariah, and Michael, and Shephatiah; all these were the sons of Jehoshaphat king of Israel.योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए।

3 And their father gave them great gifts, of silver, and of gold, and of precious things, with fortified cities in Judah: but the kingdom gave he to Jehoram, because he was the first-born.यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए।योराम यहूदाका राजा

4 Now when Jehoram was risen up over the kingdom of his father, and had strengthened himself, he slew all his brethren with the sword, and divers also of the princes of Israel.योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्‌लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे।

5 Jehoram was thirty and two years old when he began to reign; and he reigned eight years in Jerusalem.योराम बत्तीस वर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ वर्ष यरूशलेममा शासन गरे।

6 And he walked in the way of the kings of Israel, as did the house of Ahab; for he had the daughter of Ahab to wife: and he did that which was evil in the sight of Jehovah.तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेरे परमप्रभुको दृष्टिमा नराम्रो काम गरे।

7 Howbeit Jehovah would not destroy the house of David, because of the covenant that he had made with David, and as he promised to give a lamp to him and to his children alway.तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।

8 In his days Edom revolted from under the hand of Judah, and made a king over themselves.योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफै चुने।

9 Then Jehoram passed over with his captains, and all his chariots with him: and he rose up by night, and smote the Edomites that compassed him about, and the captains of the chariots.यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे।

10 So Edom revolted from under the hand of Judah unto this day: then did Libnah revolt at the same time from under his hand, because he had forsaken Jehovah, the God of his fathers.त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ।

11 Moreover he made high places in the mountains of Judah, and made the inhabitants of Jerusalem to play the harlot, and led Judah astray.योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए।

12 And there came a writing to him from Elijah the prophet, saying, Thus saith Jehovah, the God of David thy father, Because thou hast not walked in the ways of Jehoshaphat thy father, nor in the ways of Asa king of Judah,योरामले एलिया अगमवक्ताबाट एउटा संन्देश पाए। संन्देशमा यो भनिएको छः “परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “योराम, तँ तेरा पिता यहोशापात जुन प्रकारले बसे त्यस प्रकारले बसिनस्। तँ त्यस प्रकारले बसिनस् जुन प्रकारले यहूदाका राजा आसा बसे।

13 but hast walked in the way of the kings of Israel, and hast made Judah and the inhabitants of Jerusalem to play the harlot, like as the house of Ahab did, and also hast slain thy brethren of thy father's house, who were better than thyself:तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए।

14 behold, Jehovah will smite with a great plague thy people, and thy children, and thy wives, and all thy substance;यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ।

15 and thou shalt have great sickness by disease of thy bowels, until thy bowels fall out by reason of the sickness, day by day.तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन-झन नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।”‘

16 And Jehovah stirred up against Jehoram the spirit of the Philistines, and of the Arabians that are beside the Ethiopians:परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो।

17 and they came up against Judah, and brake into it, and carried away all the substance that was found in the king's house, and his sons also, and his wives; so that there was never a son left him, save Jehoahaz, the youngest of his sons.ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहजथियो।

18 And after all this Jehovah smote him in his bowels with an incurable disease.ती घट्नाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिंदैन थियो।

19 And it came to pass, in process of time, at the end of two years, that his bowels fell out by reason of his sickness, and he died of sore diseases. And his people made no burning for him, like the burning of his fathers.तब दुइ वर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्।

20 Thirty and two years old was he when he began to reign, and he reigned in Jerusalem eight years: and he departed without being desired; and they buried him in the city of David, but not in the sepulchres of the kings.योराम बत्तीस वर्षका थिए जब तिनी राजा भए। तिनले आठवर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखित भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।

Nepali Bible