Bible

2 Chronicles 18 - WBT (Nepali)

1 Now Jehoshaphat had riches and honor in abundance, and joined affinity with Ahab.यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।

2 And after certain years he went down to Ahab to Samaria. And Ahab killed sheep and oxen for him in abundance, and for the people that he had with him, and persuaded him to go up with him to Ramoth-gilead.केही वर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए।

3 And Ahab king of Israel said to Jehoshaphat king of Judah, Wilt thou go with me to Ramoth-gilead? And he answered him, I am as thou art, and my people as thy people; and we will be with thee in the war.आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।”

4 And Jehoshaphat said to the king of Israel, Inquire, I pray thee, at the word of the LORD to-day.यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”

5 Therefore the king of Israel collected of prophets four hundred men, and said to them, Shall we go to Ramoth-gilead to battle, or shall I forbear? And they said, Go up; for God will deliver it into the king's hand.यसर्थ राजा आहाबले अगमवक्ताहरू एकत्रित गरे 400 मानिसहरू। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरूद्ध लडाई गर्न जाऊँ कि नजाऊँ?” अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”

6 But Jehoshaphat said, Is there not here a prophet of the LORD besides, that we may inquire of him?तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”

7 And the king of Israel said to Jehoshaphat, There is yet one man, by whom we may inquire of the LORD: but I hate him; for he never prophesieth good to me, but always evil: the same is Micaiah the son of Imla. And Jehoshaphat said, Let not the king say so.तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।” तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”

8 And the king of Israel called for one of his officers, and said, Bring quickly Micaiah the son of Imla.तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”

9 And the king of Israel and Jehoshaphat king of Judah sat each of them on his throne, clothed in their robes, and they sat in a void place at the entrance of the gate of Samaria; and all the prophets prophesied before them.आहाब इस्राएलका राजा अनि यहोशापात यहूदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुन्नेको द्वारको नजिक ढिकीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुइ राजाहरूका सामुन्ने आफ्ना संन्देश भनीरहेका थिए।

10 And Zedekiah the son of Chenaanah had made him horns of iron, and said, Thus saith the LORD, With these thou shalt push Syria until they shall be consumed.सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सींङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छः ‘तपाईंहरूले यी फलामका सींङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंश नहुञ्जेल घोच्नलाई प्रयोग गर्नु हुनेछ।”‘

11 And all the prophets prophesied so, saying, Go up to Ramoth-gilead, and prosper: for the LORD will deliver it into the hand of the king.सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्नु हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।”

12 And the messenger that went to call Micaiah spoke to him, saying, Behold, the words of the prophets declare good to the king with one consent; let thy word therefore, I pray thee, be like one of theirs, and speak thou good.मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”

13 And Micaiah said, As the LORD liveth, even what my God saith, that will I speak.तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझै म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”

14 And when he had come to the king, the king said to him, Micaiah, shall we go to Ramoth-gilead to battle, or shall I forbear? And he said, Go ye up, and prosper, and they shall be delivered into your hand.तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”

15 And the king said to him, How many times shall I adjure thee that thou say nothing but the truth to me in the name of the LORD?राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”

16 Then he said, I saw all Israel scattered upon the mountains, as sheep that have no shepherd: and the LORD said, These have no master; let them return therefore every man to his house in peace.तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।”‘

17 And the king of Israel said to Jehoshaphat, Did I not tell thee that he would not prophesy good to me, but evil?आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”

18 Again he said, Therefore hear the word of the LORD; I saw the LORD sitting upon his throne, and all the host of heaven standing on his right hand and on his left.मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्ः मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर।

19 And the LORD said, Who shall entice Ahab king of Israel, that he may go up and fall at Ramoth-gilead? And one spoke saying after this manner, and another saying after that manner.परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।

20 Then there came out a spirit, and stood before the LORD, and said, I will entice him. And the LORD said to him, With what?तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने अभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो” कसरी?”

21 And he said, I will go out, and be a lying spirit in the mouth of all his prophets. And the LORD said, Thou shalt entice him, and thou shalt also prevail: go out and do even so.त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूँठो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि यसै गर।’

22 Now therefore, behold, the LORD hath put a lying spirit in the mouth of these thy prophets, and the LORD hath spoken evil against thee.“अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूँठो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”

23 Then Zedekiah the son of Chenaanah came near, and smote Micaiah upon the cheek, and said, Which way went the spirit of the LORD from me to speak to thee?त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?”

24 And Micaiah said, Behold, thou shalt see on that day when thou shalt go into an inner chamber to hide thyself.मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौ।”

25 Then the king of Israel said, Take ye Micaiah, and carry him back to Amon the governor of the city, and to Joash the king's son;तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।

26 And say, Thus saith the king, Put this man in the prison, and feed him with bread of affliction and with water of affliction, until I return in peace.आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।”‘

27 And Micaiah said, If thou shalt certainly return in peace, then hath not the LORD spoken by me. And he said, Hearken, all ye people.मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु म द्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरु पनि मेरो कुरा सुन।

28 So the king of Israel and Jehoshaphat the king of Judah went up to Ramoth-gilead.यसर्थ इस्राएलका राजा आहाब अनि यहूदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे।

29 And the king of Israel said to Jehoshaphat, I will disguise myself, and will go to the battle; but put thou on thy robes. So the king of Israel disguised himself; and they went to the battle.राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।

30 Now the king of Syria had commanded the captains of the chariots that were with him, saying, Fight ye not with small or great, save only with the king of Israel.अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”

31 And it came to pass, when the captains of the chariots saw Jehoshaphat, that they said, It is the king of Israel. Therefore they compassed about him to fight: but Jehoshaphat cried out, and the LORD helped him; and God moved them to depart from him.जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो।

32 For it came to pass, that when the captains of the chariots perceived that it was not the king of Israel, they turned back again from pursuing him.जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।

33 And a certain man drew a bow at a venture, and smote the king of Israel between the joints of the harness: therefore he said to his chariot-man, Turn thy hand, that thou mayest carry me out of the host; for I am wounded.तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँढ हाने। त्यो काँढले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “घुम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।”

34 And the battle increased that day: yet the king of Israel supported himself in his chariot against the Syrians until the evening: and about the time of the sun setting he died.त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफै उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।

Nepali Bible