1 Timothy 3 - YLT (Nepali)
1 Stedfast `is' the word: If any one the oversight doth long for, a right work he desireth;म जे भन्छु त्यो साँचो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो।
2 it behoveth, therefore, the overseer to be blameless, of one wife a husband, vigilant, sober, decent, a friend of strangers, apt to teach,अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। उ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।
3 not given to wine, not a striker, not given to filthy lucre, but gentle, not contentious, not a lover of money,उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन।
4 his own house leading well, having children in subjection with all gravity,ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।
5 (and if any one his own house `how' to lead hath not known, how an assembly of God shall he take care of?)यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।
6 not a new convert, lest having been puffed up he may fall to a judgment of the devil;अगुवा नव-परिर्वतित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ।
7 and it behoveth him also to have a good testimony from those without, that he may not fall into reproach and a snare of the devil.ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब उ अरूद्वारा आलोचित हुने छैन अनि उ शैतानको जालमा पर्ने छैन।मण्डलीक सहायकहरू
8 Ministrants -- in like manner grave, not double-tongued, not given to much wine, not given to filthy lucre,त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन।
9 having the secret of the faith in a pure conscience,तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैं त्यही गर्नु पर्छ।
10 and let these also first be proved, then let them minister, being unblameable.त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।
11 Women -- in like manner grave, not false accusers, vigilant, faithful in all things.उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-निंयत्रित र विश्वासी हुनुपर्छ।
12 Ministrants -- let them be of one wife husbands; the children leading well, and their own houses,विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ।
13 for those who did minister well a good step to themselves do acquire, and much boldness in faith that `is' in Christ Jesus.असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्।
14 These things I write to thee, hoping to come unto thee soon,म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु।
15 and if I delay, that thou mayest know how it behoveth `thee' to conduct thyself in the house of God, which is an assembly of the living God -- a pillar and foundation of the truth,यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो।
16 and, confessedly, great is the secret of piety -- God was manifested in flesh, declared righteous in spirit, seen by messengers, preached among nations, believed on in the world, taken up in glory!निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
Nepali Bible