Bible

1 Samuel 8 - WEB (Nepali)

1 It happened, when Samuel was old, that he made his sons judges over Israel.शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे।

2 Now the name of his firstborn was Joel; and the name of his second, Abijah: they were judges in Beersheba.शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।

3 His sons didn't walk in his ways, but turned aside after lucre, and took bribes, and perverted justice.तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।

4 Then all the elders of Israel gathered themselves together, and came to Samuel to Ramah;यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए।

5 and they said to him, Behold, you are old, and your sons don't walk in your ways: now make us a king to judge us like all the nations.बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”

6 But the thing displeased Samuel, when they said, Give us a king to judge us. Samuel prayed to Yahweh.यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।

7 Yahweh said to Samuel, Listen to the voice of the people in all that they tell you; for they have not rejected you, but they have rejected me, that I should not be king over them.शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्।

8 According to all the works which they have done since the day that I brought them up out of Egypt even to this day, in that they have forsaken me, and served other gods, so do they also to you.तिनीहरूले सधैं जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्।

9 Now therefore listen to their voice: however you shall protest solemnly to them, and shall show them the manner of the king who shall reign over them.यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनू। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”

10 Samuel told all the words of Yahweh to the people who asked of him a king.ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए।

11 He said, This will be the manner of the king who shall reign over you: he will take your sons, and appoint them to him, for his chariots, and to be his horsemen; and they shall run before his chariots;शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।

12 and he will appoint them to him for captains of thousands, and captains of fifties; and [he will set some] to plow his ground, and to reap his harvest, and to make his instruments of war, and the instruments of his chariots.राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।”

13 He will take your daughters to be perfumers, and to be cooks, and to be bakers.“राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।

14 He will take your fields, and your vineyards, and your olive groves, even the best of them, and give them to his servants.“राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्।

15 He will take the tenth of your seed, and of your vineyards, and give to his officers, and to his servants.तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्

16 He will take your men-servants, and your maid-servants, and your best young men, and your donkeys, and put them to his work.राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्।

17 He will take the tenth of your flocks: and you shall be his servants.तिमीहरूका भेडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्।“अनि तिमी आफै पनि राजाको दास बनिनेछौ।

18 You shall cry out in that day because of your king whom you shall have chosen you; and Yahweh will not answer you in that day.तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”

19 But the people refused to listen to the voice of Samuel; and they said, No: but we will have a king over us,तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।

20 that we also may be like all the nations, and that our king may judge us, and go out before us, and fight our battles.तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लडने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”

21 Samuel heard all the words of the people, and he rehearsed them in the ears of Yahweh.शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए।

22 Yahweh said to Samuel, Listen to their voice, and make them a king. Samuel said to the men of Israel, Go you every man to his city.परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।”तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”

Nepali Bible