1 Samuel 5 - WEB (Nepali)
1 Now the Philistines had taken the ark of God, and they brought it from Ebenezer to Ashdod.पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए।
2 The Philistines took the ark of God, and brought it into the house of Dagon, and set it by Dagon.पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।
3 When they of Ashdod arose early on the next day, behold, Dagon was fallen on his face to the ground before the ark of Yahweh. They took Dagon, and set him in his place again.भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।
4 When they arose early on the next day morning, behold, Dagon was fallen on his face to the ground before the ark of Yahweh; and the head of Dagon and both the palms of his hands [lay] cut off on the threshold; only [the stump of] Dagon was left to him.अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।
5 Therefore neither the priests of Dagon, nor any who come into Dagon's house, tread on the threshold of Dagon in Ashdod, to this day.त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।
6 But the hand of Yahweh was heavy on them of Ashdod, and he destroyed them, and struck them with tumors, even Ashdod and the borders of it.परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।
7 When the men of Ashdod saw that it was so, they said, The ark of the God of Israel shall not abide with us; for his hand is sore on us, and on Dagon our god.जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”
8 They sent therefore and gathered all the lords of the Philistines to them, and said, What shall we do with the ark of the God of Israel? They answered, Let the ark of the God of Israel be carried about to Gath. They carried the ark of the God of Israel [there].अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।
9 It was so, that after they had carried it about, the hand of Yahweh was against the city with a very great confusion: and he struck the men of the city, both small and great; and tumors broke out on them.फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो।
10 So they sent the ark of God to Ekron. It happened, as the ark of God came to Ekron, that the Ekronites cried out, saying, They have brought about the ark of the God of Israel to us, to kill us and our people.यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?”
11 They sent therefore and gathered together all the lords of the Philistines, and they said, Send away the ark of the God of Israel, and let it go again to its own place, that it not kill us and our people. For there was a deadly confusion throughout all the city; the hand of God was very heavy there.एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो।
12 The men who didn't die were struck with the tumors; and the cry of the city went up to heaven.मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।
Nepali Bible