Bible

1 Samuel 3 - YLT (Nepali)

1 And the youth Samuel is serving Jehovah before Eli, and the word of Jehovah hath been precious in those days -- there is no vision broken forth.एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसंग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।

2 And it cometh to pass, at that time, that Eli is lying down in his place, and his eyes have begun to be dim -- he is not able to see.एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए।

3 And the lamp of God is not yet extinguished, and Samuel is lying down in the temple of Jehovah, where the ark of God `is',शमूएल चाहि पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो।

4 and Jehovah calleth unto Samuel, and he saith, `Here `am' I.'परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए।

5 And he runneth unto Eli, and saith, `Here `am' I, for thou hast called for me;' and he saith, `I called not; turn back, lie down;' and he goeth and lieth down.शमूएलले सोचे एलीले उसलाई बोलाएको यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइन। आफ्नो ओछ्यानमा गएर सुत”शमूएल आफ्नो ओछ्यानमा गए।

6 And Jehovah addeth to call again Samuel, and Samuel riseth and goeth unto Eli, and saith, `Here `am' I, for thou hast called for me;' and he saith, `I have not called, my son, turn back, lie down.'परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।” एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”

7 And Samuel hath not yet known Jehovah, and the word of Jehovah is not yet revealed unto him.अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।

8 And Jehovah addeth to call Samuel the third time, and he riseth and goeth unto Eli, and saith, `Here `am' I, for thou hast called for me;' and Eli understandeth that Jehovah is calling to the youth.परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”त्यत्तिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो।

9 And Eli saith to Samuel, `Go, lie down, and it hath been, if He doth call unto thee, that thou hast said, Speak, Jehovah, for Thy servant is hearing;' and Samuel goeth and lieth down in his place.एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।”‘यसकारण शमूएल ओछ्यानमा गए।

10 And Jehovah cometh, and stationeth Himself, and calleth as time by time, `Samuel, Samuel;' and Samuel saith, `Speak, for Thy servant if hearing.'परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”

11 And Jehovah saith unto Samuel, `Lo, I am doing a thing in Israel, at which the two ears of every one hearing it do tingle.परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्।

12 In that day I establish unto Eli all that I have spoken unto his house, beginning and completing;मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।

13 and I have declared to him that I am judging his house -- to the age, for the iniquity which he hath known, for his sons are making themselves vile, and he hath not restrained them,मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्।

14 and therefore I have sworn to the house of Eli: the iniquity of the house of Eli is not atoned for, by sacrifice, and by offering -- unto the age.'यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”

15 And Samuel lieth till the morning, and openeth the doors of the house of Jehovah, and Samuel is afraid of declaring the vision unto Eli.बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।

16 And Eli calleth Samuel, and saith, `Samuel, my son;' and he saith, `Here `am' I.'तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।”शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”

17 And he saith, `What `is' the word which He hath spoken unto thee? I pray thee, hide it not from me; so doth God do to thee, and so doth He add, if thou hidest from me a word of all the words that He hath spoken unto thee.'एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”

18 And Samuel declareth to him the whole of the words, and hath not hid from him; and he saith, `It `is' Jehovah; that which is good in His eyes He doth.'शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”

19 And Samuel groweth up, and Jehovah hath been with him, and hath not let fall any of his words to the earth;शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।

20 and all Israel know, from Dan even unto Beer-Sheba, that Samuel is established for a prophet to Jehovah.त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए।

21 And Jehovah addeth to appear in Shiloh, for Jehovah hath been revealed unto Samuel, in Shiloh, by the word of Jehovah.शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।

Nepali Bible