1 Samuel 3 - WEB (Nepali)
1 The child Samuel ministered to Yahweh before Eli. The word of Yahweh was precious in those days; there was no frequent vision.एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसंग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।
2 It happened at that time, when Eli was laid down in his place (now his eyes had begun to grow dim, so that he could not see),एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए।
3 and the lamp of God hadn't yet gone out, and Samuel had laid down [to sleep], in the temple of Yahweh, where the ark of God was;शमूएल चाहि पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो।
4 that Yahweh called Samuel; and he said, Here am I.परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए।
5 He ran to Eli, and said, Here am I; for you called me. He said, I didn't call; lie down again. He went and lay down.शमूएलले सोचे एलीले उसलाई बोलाएको यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइन। आफ्नो ओछ्यानमा गएर सुत”शमूएल आफ्नो ओछ्यानमा गए।
6 Yahweh called yet again, Samuel. Samuel arose and went to Eli, and said, Here am I; for you called me. He answered, I didn't call, my son; lie down again.परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।” एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”
7 Now Samuel didn't yet know Yahweh, neither was the word of Yahweh yet revealed to him.अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।
8 Yahweh called Samuel again the third time. He arose and went to Eli, and said, Here am I; for you called me. Eli perceived that Yahweh had called the child.परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”त्यत्तिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो।
9 Therefore Eli said to Samuel, Go, lie down: and it shall be, if he call you, that you shall say, Speak, Yahweh; for your servant hears. So Samuel went and lay down in his place.एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।”‘यसकारण शमूएल ओछ्यानमा गए।
10 Yahweh came, and stood, and called as at other times, Samuel, Samuel. Then Samuel said, Speak; for your servant hears.परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”
11 Yahweh said to Samuel, Behold, I will do a thing in Israel, at which both the ears of everyone who hears it shall tingle.परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्।
12 In that day I will perform against Eli all that I have spoken concerning his house, from the beginning even to the end.मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।
13 For I have told him that I will judge his house forever, for the iniquity which he knew, because his sons did bring a curse on themselves, and he didn't restrain them.मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्।
14 Therefore I have sworn to the house of Eli, that the iniquity of Eli's house shall not be expiated with sacrifice nor offering forever.यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”
15 Samuel lay until the morning, and opened the doors of the house of Yahweh. Samuel feared to show Eli the vision.बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।
16 Then Eli called Samuel, and said, Samuel, my son. He said, Here am I.तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।”शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”
17 He said, "What is the thing that [Yahweh] has spoken to you? Please don't hide it from me. God do so to you, and more also, if you hide anything from me of all the things that he spoke to you."एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”
18 Samuel told him every whit, and hid nothing from him. He said, It is Yahweh: let him do what seems him good.शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”
19 Samuel grew, and Yahweh was with him, and did let none of his words fall to the ground.शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
20 All Israel from Dan even to Beersheba knew that Samuel was established to be a prophet of Yahweh.त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए।
21 Yahweh appeared again in Shiloh; for Yahweh revealed himself to Samuel in Shiloh by the word of Yahweh.शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।
Nepali Bible