Bible

1 Peter 5 - DBY (Nepali)

1 The elders which [are] among you I exhort, who [am their] fellow-elder and witness of the sufferings of the Christ, who also [am] partaker of the glory about to be revealed:अब तिमीहरुको समूहमा भएका अग्रजहरुसंग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ।

2 shepherd the flock of God which [is] among you, exercising oversight, not by necessity, but willingly; not for base gain, but readily;जुन ती मानिसहरुको तिमीहरु जिम्मावारी छौ, तिनीहरुको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरु परमेश्वरका बथान हुन्। ती मानिसहरुको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरु सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरु पैसाका निम्ति लोभी छौ।

3 not as lording it over your possessions, but being models for the flock.तिमीहरुको जिम्मामा रहेका मानिसहरुमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरुका निम्ति असल उदाहरण बन।

4 And when the chief shepherd is manifested ye shall receive the unfading crown of glory.तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

5 Likewise [ye] younger, be subject to [the] elder, and all of you bind on humility towards one another; for God sets himself against [the] proud, but to [the] humble gives grace.हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।

6 Humble yourselves therefore under the mighty hand of God, that he may exalt you in [the due] time;यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्रछायामा विनम्र बन। तब उहाँले तिमीहरुलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।

7 having cast all your care upon him, for he cares about you.जब उहाँले तिमीहरुको हेरचाह गर्नुहुन्छ तिमीहरुको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

8 Be vigilant, watch. Your adversary [the] devil as a roaring lion walks about seeking whom he may devour.स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।

9 Whom resist, stedfast in faith, knowing that the selfsame sufferings are accomplished in your brotherhood which [is] in [the] world.शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरु जान्दछौ कि संसारभरि तिमीहरुका भाइ बहिनीहरु त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरु थियौ।

10 But the God of all grace who has called you to his eternal glory in Christ Jesus, when ye have suffered for a little while, himself shall make perfect, stablish, strengthen, ground:यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

11 to him [be] the glory and the might for the ages of the ages. Amen.सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

12 By Silvanus, the faithful brother, as I suppose, I have written to you briefly; exhorting and testifying that this is [the] true grace of God in which ye stand.मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरुलाई उत्साह दिन औ यो परमेश्वरको साँचो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

13 She that is elected with [you] in Babylon salutes you, and Marcus my son.बेविलोनको मण्डलीले तिमीहरु सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरु, पनि तिमीहरु जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो उ पनि नमस्कार दिन्छ।

14 Salute one another with a kiss of love. Peace be with you all who [are] in Christ.एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरुको भेट हुन्छ।तिमीहरु सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ। 

Nepali Bible