1 John 5 - YLT (Nepali)
1 Every one who is believing that Jesus is the Christ, of God he hath been begotten, and every one who is loving Him who did beget, doth love also him who is begotten of Him:प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ।
2 in this we know that we love the children of God, when we may love God, and His commands may keep;हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरुलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरु पालन गर्छौं।
3 for this is the love of God, that His commands we may keep, and His commands are not burdensome;परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।
4 because every one who is begotten of God doth overcome the world, and this is the victory that did overcome the world -- our faith;किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ।
5 who is he who is overcoming the world, if not he who is believing that Jesus is the Son of God?यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो
6 This one is he who did come through water and blood -- Jesus the Christ, not in the water only, but in the water and the blood; and the Spirit it is that is testifying, because the Spirit is the truth,येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।
7 because three are who are testifying `in the heaven, the Father, the Word, and the Holy Spirit, and these -- the three -- are one;यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्
8 and three are who are testifying in the earth', the Spirit, and the water, and the blood, and the three are into the one.पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरु परीक्षामा सहमत छन्।
9 If the testimony of men we receive, the testimony of God is greater, because this is the testimony of God that He hath testified concerning His Son.हामी मानिसहरुको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो।
10 He who is believing in the Son of God, hath the testimony in himself; he who is not believing God, a liar hath made Him, because he hath not believed in the testimony that God hath testified concerning His Son;मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।
11 and this is the testimony, that life age-during did God give to us, and this -- the life -- is in His Son;परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।
12 he who is having the Son, hath the life; he who is not having the Son of God -- the life he hath not.मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।
13 These things I did write to you who are believing in the name of the Son of God, that ye may know that life ye have age-during, and that ye may believe in the name of the Son of God.तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।
14 And this is the boldness that we have toward Him, that if anything we may ask according to his will, He doth hear us,अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।
15 and if we have known that He doth hear us, whatever we may ask, we have known that we have the requests that we have requested from Him.हामी जान्दछौं जब हामी परमेश्वरसंग केही विन्ती गर्छौ भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसंग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।
16 If any one may see his brother sinning a sin not unto death, he shall ask, and He shall give to him life to those sinning not unto death; there is sin to death, not concerning it do I speak that he may beseech;यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।
17 all unrighteousness is sin, and there is sin not unto death.सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।
18 We have known that every one who hath been begotten of God doth not sin, but he who was begotten of God doth keep himself, and the evil one doth not touch him;हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।
19 we have known that of God we are, and the whole world in the evil doth lie;हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।
20 and we have known that the Son of God is come, and hath given us a mind, that we may know Him who is true, and we are in Him who is true, in His Son Jesus Christ; this one is the true God and the life age-during!अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।
21 Little children, guard yourselves from the idols! Amen.यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख।
Nepali Bible