Bible

1 John 5 - WEB (Nepali)

1 Whoever believes that Jesus is the Christ is born of God. Whoever loves the father also loves the child who is born of him.प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ।

2 By this we know that we love the children of God, when we love God and keep his commandments.हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरुलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरु पालन गर्छौं।

3 For this is the love of God, that we keep his commandments. His commandments are not grievous.परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।

4 For whatever is born of God overcomes the world. This is the victory that has overcome the world: your faith.किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ।

5 Who is he who overcomes the world, but he who believes that Jesus is the Son of God?यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो

6 This is he who came by water and blood, Jesus Christ; not with the water only, but with the water and the blood. It is the Spirit who testifies, because the Spirit is the truth.येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।

7 For there are three who testify{Only a few recent manuscripts add "in heaven: the Father, the Word, and the Holy Spirit; and these three are one. And there are three that testify on earth"}:यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्

8 the Spirit, and the water, and the blood; and the three agree as one.पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरु परीक्षामा सहमत छन्।

9 If we receive the witness of men, the witness of God is greater; for this is God's testimony which he has testified concerning his Son.हामी मानिसहरुको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो।

10 He who believes in the Son of God has the testimony in himself. He who doesn't believe God has made him a liar, because he has not believed in the testimony that God has given concerning his Son.मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।

11 The testimony is this, that God gave to us eternal life, and this life is in his Son.परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।

12 He who has the Son has the life. He who doesn't have God's Son doesn't have the life.मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

13 These things I have written to you who believe in the name of the Son of God, that you may know that you have eternal life, and that you may continue to believe in the name of the Son of God.तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

14 This is the boldness which we have toward him, that, if we ask anything according to his will, he listens to us.अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।

15 And if we know that he listens to us, whatever we ask, we know that we have the petitions which we have asked of him.हामी जान्दछौं जब हामी परमेश्वरसंग केही विन्ती गर्छौ भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसंग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।

16 If anyone sees his brother sinning a sin not leading to death, he shall ask, and God will give him life for those who sin not leading to death. There is a sin leading to death. I don't say that he should make a request concerning this.यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।

17 All unrighteousness is sin, and there is a sin not leading to death.सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।

18 We know that whoever is born of God doesn't sin, but he who was born of God keeps himself, and the evil one doesn't touch him.हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।

19 We know that we are of God, and the whole world lies in the power of the evil one.हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।

20 We know that the Son of God has come, and has given us an understanding, that we know him who is true, and we are in him who is true, in his Son Jesus Christ. This is the true God, and eternal life.अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

21 Little children, keep yourselves from idols.यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख। 

Nepali Bible