Bible

1 John 5 - BBE (Nepali)

1 Everyone who has faith that Jesus is the Christ is a child of God: and everyone who has love for the Father has love for his child.प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ।

2 In this way, we are certain that we have love for the children of God, when we have love for God and keep his laws.हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरुलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरु पालन गर्छौं।

3 For loving God is keeping his laws: and his laws are not hard.परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।

4 Anything which comes from God is able to overcome the world: and the power by which we have overcome the world is our faith.किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ।

5 Who is able to overcome the world but the man who has faith that Jesus is the Son of God?यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो

6 This is he who came by water and by blood, Jesus Christ; not by water only but by water and by blood.येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।

7 And the Spirit is the witness, because the Spirit is true.यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्

8 There are three witnesses, the Spirit, the water, and the blood: and all three are in agreement.पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरु परीक्षामा सहमत छन्।

9 If we take the witness of men to be true, the witness of God is greater: because this is the witness which God has given about his Son.हामी मानिसहरुको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो।

10 He who has faith in the Son of God has the witness in himself: he who has not faith in God makes him false, because he has not faith in the witness which God has given about his Son.मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।

11 And his witness is this, that God has given us eternal life, and this life is in his Son.परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।

12 He who has the Son has the life; he who has not the Son of God has not the life.मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

13 I have put these things in writing for you who have faith in the name of the Son of God, so that you may be certain that you have eternal life.तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

14 And we are certain that if we make any request to him which is right in his eyes, he will give ear to us:अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।

15 And if we are certain that he gives ear to all our requests, we are equally certain that we will get our requests.हामी जान्दछौं जब हामी परमेश्वरसंग केही विन्ती गर्छौ भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसंग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।

16 If a man sees his brother doing a sin which is not bad enough for death, let him make a prayer to God, and God will give life to him whose sin was not bad enough for death. There is a sin whose punishment is death: I do not say that he may make such a request then.यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।

17 All evil-doing is sin: but death is not the punishment for every sort of sin.सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।

18 We are certain that one who is a child of God will do no sin, but the Son of God keeps him so that he is not touched by the Evil One.हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।

19 We are certain that we are of God, but all the world is in the power of the Evil One.हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।

20 And we are certain that the Son of God has come, and has given us a clear vision, so that we may see him who is true, and we are in him who is true, in his Son Jesus Christ. He is the true God and eternal life.अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

21 My little children, keep yourselves from false gods.यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख। 

Nepali Bible