Bible

1 John 4 - BBE (Nepali)

1 My loved ones, do not put your faith in every spirit, but put them to the test, to see if they are from God: because a great number of false prophets have gone out into the world.मेरा प्रिय मित्रहरु, अनेक झूटा अगमवक्ताहरु अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरुलाई जाँच्ने गर कि तिनीहरु परमेश्वरबाट आएका हुन् वा होइनन्।

2 By this you may have knowledge of the Spirit of God: every spirit which says that Jesus Christ has come in the flesh is of God:परमेश्वरको आत्मा तिमीहरु कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरुले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो उ परमेश्वरबाट हो।”

3 And every spirit which does not say this is not from God: this is the spirit of Antichrist, of which you have had word; and it is in the world even now.अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरुले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।

4 You are of God, my little children, and you have overcome them because he who is in you is greater than he who is in the world.मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।

5 They are of the world, so their talk is the world's talk, and the world gives ear to them.अनि ती झूटो शिक्षकहरु संसारका हुन्। यसैले तिनीहरुको शिक्षा पनि संसारकै हो। अनि तिनीहरु जे भन्छन् संसारले सुन्छ।

6 We are of God: he who has the knowledge of God gives ear to us; he who is not of God does not give ear to us. By this we may see which is the true spirit, and which is the spirit of error.तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।

7 My loved ones, let us have love for one another: because love is of God, and everyone who has love is a child of God and has knowledge of God.प्रिय मित्रहरु, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।

8 He who has no love has no knowledge of God, because God is love.मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।

9 And the love of God was made clear to us when he sent his only Son into the world so that we might have life through him.यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।

10 And this is love, not that we had love for God, but that he had love for us, and sent his Son to be an offering for our sins.सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरु मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।

11 My loved ones, if God had such love for us, it is right for us to have love for one another.प्रिय मित्रहरु, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ।

12 No man has ever seen God: if we have love for one another, God is in us and his love is made complete in us:कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गरयौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।

13 And his Spirit which he has given us is the witness that we are in him and he is in us.हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ।

14 And we have seen and give witness that the Father sent the Son to be the Saviour of the world.हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरुमा गवाही दिन्छौ।

15 Everyone who says openly that Jesus is the Son of God, has God in him and is in God.यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।

16 And we have seen and had faith in the love which God has for us. God is love, and everyone who has love is in God, and God is in him.अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ उ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।

17 In this way love is made complete in us, so that we may be without fear on the day of judging, because as he is, so are we in this world.यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।

18 There is no fear in love: true love has no room for fear, because where fear is, there is pain; and he who is not free from fear is not complete in love.जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।

19 We have the power of loving, because he first had love for us.हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।

20 If a man says, I have love for God, and has hate for his brother, his words are false: for how is the man who has no love for his brother whom he has seen, able to have love for God whom he has not seen?यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?

21 And this is the word which we have from him, that he who has love for God is to have the same love for his brother.अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

Nepali Bible