1 Corinthians 7 - BBE (Nepali)
1 Now, as to the things in your letter to me: It is good for a man to have nothing to do with a woman.अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।
2 But because of the desires of the flesh, let every man have his wife, and every woman her husband.तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ।
3 Let the husband give to the wife what is right; and let the wife do the same to the husband.पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ।
4 The wife has not power over her body, but the husband; and in the same way the husband has not power over his body, but the wife.आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ।
5 Do not keep back from one another what is right, but only for a short time, and by agreement, so that you may give yourselves to prayer, and come together again; so that Satan may not get the better of you through your loss of self-control.एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन।
6 But this I say as my opinion, and not as an order of the Lord.केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान।
7 It is my desire that all men might be even as I am. But every man has the power of his special way of life given him by God, one in this way and one in that.म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।
8 But I say to the unmarried and to the widows, It is good for them to be even as I am.अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो।
9 But if they have not self-control let them get married; for married life is better than the burning of desire.तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।
10 But to the married I give orders, though not I but the Lord, that the wife may not go away from her husbandअब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्
11 (Or if she goes away from him, let her keep unmarried, or be united to her husband again); and that the husband may not go away from his wife.तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त उ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।
12 But to the rest I say, and not the Lord; If a brother has a wife who is not a Christian, and it is her desire to go on living with him, let him not go away from her.अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्।
13 And if a woman has a husband who is not a Christian, and it is his desire to go on living with her, let her not go away from her husband.अनि ख्रीष्टमा एक स्त्रीको अविशवासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्।
14 For the husband who has not faith is made holy through his Christian wife, and the wife who is not a Christian is made holy through the brother: if not, your children would be unholy, but now are they holy.एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्दछे। योस नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।
15 But if the one who is not a Christian has a desire to go away, let it be so: the brother or the sister in such a position is not forced to do one thing or the other: but it is God's pleasure that we may be at peace with one another.तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्।
16 For how may you be certain, O wife, that you will not be the cause of salvation to your husband? or you, O husband, that you may not do the same for your wife?परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।
17 Only, as the Lord has given to a man, and as is the purpose of God for him, so let him go on living. And these are my orders for all the churches.जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा उ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।
18 If any man who is a Christian has had circumcision, let him keep so; and if any man who is a Christian has not had circumcision, let him make no change.यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन।
19 Circumcision is nothing, and its opposite is nothing, but only doing the orders of God is of value.मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो।
20 Let every man keep the position in which he has been placed by God.प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो।
21 If you were a servant when you became a Christian, let it not be a grief to you; but if you have a chance to become free, make use of it.परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर।
22 For he who was a servant when he became a Christian is the Lord's free man; and he who was free when he became a Christian is the Lord's servant.परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने उ प्रभुमा मुक्त हुन्छ अनि उ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि उ मुक्त थियो भने उ ख्रीष्टमा कमारा हुन्छ।
23 It is the Lord who has made payment for you: be not servants of men.तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन।
24 My brothers, let every man keep in that condition which is the purpose of God for him.दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।
25 Now about virgins I have no orders from the Lord: but I give my opinion as one to whom the Lord has given mercy to be true to him.अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन तथापि म आफ्नो विचार पोख्छु । मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।
26 In my opinion then, because of the present trouble, it is good for a man to keep as he is.त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।
27 If you are married to a wife, make no attempt to get free from her: if you are free from a wife, do not take a wife.तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिम्रो विवाह विच्छेद भएको भए, पुर्नविवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी खोज्ने चेष्टा तर्प नलाग
28 If you get married it is not a sin; and if an unmarried woman gets married it is not a sin. But those who do so will have trouble in the flesh. But I will not be hard on you.तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।
29 But I say this, my brothers, the time is short; and from now it will be wise for those who have wives to be as if they had them not;दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस।
30 And for those who are in sorrow, to give no signs of it; and for those who are glad, to give no signs of joy; and for those who are getting property, to be as if they had nothing;जो दुःखित छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो र्हषित छन् तिनीहरू र्हष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसून्।।
31 And for those who make use of the world, not to be using it fully; for this world's way of life will quickly come to an end.जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।
32 But it is my desire for you to be free from cares. The unmarried man gives his mind to the things of the Lord, how he may give pleasure to the Lord:तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो।
33 But the married man gives his attention to the things of this world, how he may give pleasure to his wife.तर विवाहित मानिस सांसारिक वस्तुसंग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ।
34 And the wife is not the same as the virgin. The virgin gives her mind to the things of the Lord, so that she may be holy in body and in spirit: but the married woman takes thought for the things of the world, how she may give pleasure to her husband.उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। उ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहिता स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ।
35 Now I say this for your profit; not to make things hard for you, but because of what is right, and so that you may be able to give all your attention to the things of the Lord.तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढंगले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।
36 But if, in any man's opinion, he is not doing what is right for his virgin, if she is past her best years, and there is need for it, let him do what seems right to him; it is no sin; let them be married.विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला । त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन।
37 But the man who is strong in mind and purpose, who is not forced but has control over his desires, does well if he comes to the decision to keep her a virgin.तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, उ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ।
38 So then, he who gets married to his virgin does well, and he who keeps her unmarried does better.अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।
39 It is right for a wife to be with her husband as long as he is living; but when her husband is dead, she is free to be married to another; but only to a Christian.जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ।
40 But it will be better for her to keep as she is, in my opinion: and it seems to me that I have the Spirit of God.यदि उ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।
Nepali Bible