1 Chronicles 26 - BBE (Nepali)
1 For the divisions of the door-keepers: of the Korahites, Meshelemiah, the son of Kore, of the sons of Ebiasaph.कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
2 And Meshelemiah had sons: Zechariah the oldest, Jediael the second, Zebadiah the third, Jathniel the fourth,मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए।
3 Elam the fifth, Jehohanan the sixth, Eliehoenai the seventh.एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तेर छोरा थिए अनि एल्यहोनै कान्छा छोरा थिए।
4 And Obed-edom had sons: Shemaiah the oldest, Jehozabad the second, Joah the third, and Sacar the fourth, and Nethanel the fifth,ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।
5 Ammiel the sixth, Issachar the seventh, Peullethai the eighth; for the blessing of God was on him.अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्सारकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो।
6 And Shemaiah his son had sons, rulers over the family of their father, for they were able men.ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए।
7 The sons of Shemaiah: Othni and Rephael and Obed, Elzabad, whose brothers were great men of war, Elihu and Semachiah.शमायाहका छोराहरू ओत्नी, रफाएल, ओबेद, एल्जाबाद, एलीहू, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए।
8 All these were sons of Obed-edom: they and their sons and their brothers, able men and strong for the work; sixty-two sons of Obed-edom.यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।
9 Meshelemiah had sons and brothers, eighteen able men.मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।
10 And Hosah, a son of the children of Merari, had sons: Shimri the chief (for though he was not the oldest, his father made him chief);यी मरारीका परिवारका द्वारपालकहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने।
11 Hilkiah the second, Tebaliah the third, Zechariah the fourth: Hosah had thirteen sons and brothers.हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साहिंला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।
12 Of these were the divisions of the door-keepers, men of authority, having responsible positions like their brothers to be servants in the house of the Lord.यी द्वारपालकहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालकहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे।
13 And the families were taken by the decision of the Lord for every door; the small family had the same chance as the great.हरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिट्ठा लगाएको थियो। जवान र बृद्धहरू प्रति समान व्यवहार गरिन्थ्यो।
14 And the care of the door on the east came out for Shelemiah. Then the name of Zechariah his son, a man wise in discussion, came out, and the door on the north was given to him.मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए।
15 To Obed-edom, that on the south; and to his sons, the store-house.ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।
16 To Hosah, the door on the west, by the door of Shallecheth, at the footway which goes up, watch by watch.शुप्पीम अनि होसा पश्चिमद्वार र माथिल्लो सडकको शल्लेकेत द्वाराका निम्ति चुनिए।रक्षकहरू एक-अर्काको छेउ छेउमा उभिन्थे।
17 On the east were six Levites a day, and on the north and the south four a day, and for the store-house two and two.छः जना लेवीहरू हरेक दिन रक्षामा पूर्व द्वार तिर उभिन्थे। चार जना लेवीहरू हरेकदिन रक्षामा उत्तर द्वारतिर उभिन्थे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिन्थे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान बस्तुहरू राखिएको थियो।
18 For the pillared way, on the west, four at the footway and two at the pillared way itself.जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।
19 These were the divisions of door-keepers, of the sons of the Korahites and of the sons of Merari.यी, द्वारपालकहरूका समूहहरू थिए। ती द्वारपालकहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।
20 And the Levites their brothers were responsible for the stores of the house of God and the holy things.अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।
21 The sons of Ladan: sons of the Gershonites of the family of Ladan, heads of families of Ladan the Gershonite, Jehieli.लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए।
22 The sons of Jehieli: Zetham and Joel, his brother, had the care of the stores of the house of the Lord.यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।
23 Of the Amramites, of the Izharites, of the Hebronites, of the Uzzielites:अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।
24 And Shebuel, the son of Gershom, the son of Moses, was controller of the stores.शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए।
25 And his brothers: of Eliezer, Rehabiah his son, and Jeshaiah his son, and Joram his son, and Zichri his son, and Shelomoth his son.यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिक्रीका छोरा।
26 Shelomoth and his brothers were responsible for all the store of holy things which David the king and the heads of families, the captains of thousands and of hundreds, and the captains of the army, had given to the Lord.यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।
27 From the goods taken in war, they gave, as a holy offering, materials for the building of the house of the Lord.तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए।
28 And everything Samuel the prophet and Saul, the son of Kish, and Abner, the son of Ner, and Joab, the son of Zeruiah, had made holy; whatever anyone had given, it was under the care of Shelomoth and his brothers.शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।
29 Of the Izharites, Chenaniah and his sons had to do all the public business of Israel, in relation to judges and men in authority.केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गदथे।
30 Of the Hebronites, Hashabiah and his brothers, seventeen hundred able men, were overseers of Israel on the other side of the Jordan, to the west, being responsible for all the work of the Lord's house and for the work done by the king's servants.हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।
31 Of the Hebronites, Jerijah was the chief of all the Hebronites, in their generations by families. In the fortieth year of the rule of David a search was made, and able men were seen among them at Jazer of Gilead.हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं वर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए।
32 And his brothers were two thousand, seven hundred able men, heads of families, whom King David made overseers over the Reubenites and the Gadites and the half-tribe of Manasseh, in everything to do with God, and for the king's business.यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।
Nepali Bible