Bible

1 Chronicles 23 - WBT (Nepali)

1 So when David was old and full of days, he made Solomon his son king over Israel.दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।

2 And he assembled all the princes of Israel, with the priests and the Levites.दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे।

3 Now the Levites were numbered from the age of thirty years and upward: and their number by their polls, man by man, was thirty and eight thousand.दाऊदले तीस र्बष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।

4 Of which, twenty and four thousand were to oversee the work of the house of the LORD; and six thousand were officers and judges:दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।

5 Moreover, four thousand were porters; and four thousand praised the LORD with the instruments which I made, said David, to praise with them.चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”

6 And David divided them into courses among the sons of Levi, namely, Gershon, Kohath, and Merari.दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।

7 Of the Gershonites, were, Laadan and Shimei.गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए।

8 The sons of Laadan: the chief was Jehiel, and Zetham, and Joel, three.लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए।

9 The sons of Shimei; Shelomith, and Haziel, and Haran, three. These were the chief of the fathers of Laadan.शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।

10 And the sons of Shimei were, Jahath, Zina, and Jeush and Beriah. These four were the sons of Shimei.शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।

11 And Jahath was the chief, and Zizah the second: but Jeush and Beriah had not many sons; therefore they were in one reckoning, according to their father's house.यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।

12 The sons of Kohath; Amram, Izhar, Hebron, and Uzziel, four.कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

13 The sons of Amram; Aaron and Moses: and Aaron was separated, that he should sanctify the most holy things, he and his sons for ever, to burn incense before the LORD, to minister to him, and to bless in his name for ever.अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।

14 Now concerning Moses the man of God, his sons were named of the tribe of Levi.जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।

15 The sons of Moses were, Gershom, and Eliezer.मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए।

16 Of the sons of Gershom; Shebuel was the chief.गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए।

17 And the sons of Eliezer were, Rehabiah the chief. And Eliezer had no other sons; but the sons of Rehabiah were very many.एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।

18 Of the sons of Izhar; Shelomith the chief.यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।

19 Of the sons of Hebron; Jeriah the first, Amariah the second, Jehaziel the third, and Jekameam the fourth.हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिंला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।

20 Of the sons of Uzziel; Micah the first, and Jesiah the second.उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।

21 The sons of Merari; Mahli, and Mushi. The sons of Mahli; Eleazar, and Kish.मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए।

22 And Eleazar died, and had no sons, but daughters: and their brethren the sons of Kish took them.एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए।

23 The sons of Mushi; Mahli, and Eder, and Jeremoth, three.मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

24 These were the sons of Levi after the house of their fathers; even the chief of the fathers, as they were counted by number of names by their polls, that did the work for the service of the house of the LORD, from the age of twenty years and upward.यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।

25 For David said, The LORD God of Israel hath given rest to his people, that they may dwell in Jerusalem for ever;दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ।

26 And also to the Levites: they shall no more carry the tabernacle, nor any vessels of it for its service.यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”

27 For by the last words of David the Levites were numbered from twenty years old and above:इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।

28 Because their office was to wait on the sons of Aaron for the service of the house of the LORD, in the courts, and in the chambers, and in the purifying of all holy things, and the work of the service of the house of God;लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।

29 Both for the show-bread, and for the fine flour for meat-offering, and for the unleavened cakes, and for that which is baked in the pan, and for that which is fried, and for all manner of measure and size;मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।

30 And to stand every morning to thank and praise the LORD, and likewise at evening;लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे।

31 And to offer all burnt-sacrifices to the LORD on the sabbaths, in the new moons, and on the set feasts, by number, according to the order commanded to them, continually before the LORD:शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।

32 And that they should keep the charge of the tabernacle of the congregation, and the charge of the holy place, and the charge of the sons of Aaron their brethren, in the service of the house of the LORD.तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।

Nepali Bible