Bible

1 Chronicles 13 - KJV (Nepali)

1 And David consulted with the captains of thousands and hundreds, and with every leader.दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे।

2 And David said unto all the congregation of Israel, If it seem good unto you, and that it be of the LORD our God, let us send abroad unto our brethren every where, that are left in all the land of Israel, and with them also to the priests and Levites which are in their cities and suburbs, that they may gather themselves unto us:तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।

3 And let us bring again the ark of our God to us: for we inquired not at it in the days of Saul.करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।”

4 And all the congregation said that they would do so: for the thing was right in the eyes of all the people.यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यसो गर्नु नै उचित हुनेछ।

5 So David gathered all Israel together, from Shihor of Egypt even unto the entering of Hemath, to bring the ark of God from Kirjathjearim.यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।

6 And David went up, and all Israel, to Baalah, that is, to Kirjathjearim, which belonged to Judah, to bring up thence the ark of God the LORD, that dwelleth between the cherubim, whose name is called on it.दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। बालाहा, किर्यत यारीमको अर्को नाउँ हो। तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।

7 And they carried the ark of God in a new cart out of the house of Abinadab: and Uzza and Ahio drave the cart.मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।

8 And David and all Israel played before God with all their might, and with singing, and with harps, and with psalteries, and with timbrels, and with cymbals, and with trumpets.दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।

9 And when they came unto the threshingfloor of Chidon, Uzza put forth his hand to hold the ark; for the oxen stumbled.तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए।

10 And the anger of the LORD was kindled against Uzza, and he smote him, because he put his hand to the ark: and there he died before God.परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे।

11 And David was displeased, because the LORD had made a breach upon Uzza: wherefore that place is called Perezuzza to this day.परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।

12 And David was afraid of God that day, saying, How shall I bring the ark of God home to me?दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।”

13 So David brought not the ark home to himself to the city of David, but carried it aside into the house of Obededom the Gittite.यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे।

14 And the ark of God remained with the family of Obededom in his house three months. And the LORD blessed the house of Obededom, and all that he had.करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।

Nepali Bible