Zephaniah 1:14
परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।
Zephaniah 1:14 in Other Translations
King James Version (KJV)
The great day of the LORD is near, it is near, and hasteth greatly, even the voice of the day of the LORD: the mighty man shall cry there bitterly.
American Standard Version (ASV)
The great day of Jehovah is near, it is near and hasteth greatly, `even' the voice of the day of Jehovah; the mighty man crieth there bitterly.
Bible in Basic English (BBE)
The great day of the Lord is near, it is near and coming very quickly; the bitter day of the Lord is near, coming on more quickly than a man of war.
Darby English Bible (DBY)
The great day of Jehovah is near, it is near, and hasteth greatly. The voice of the day of Jehovah: the mighty man shall cry there bitterly.
World English Bible (WEB)
The great day of Yahweh is near. It is near, and hurries greatly, the voice of the day of Yahweh. The mighty man cries there bitterly.
Young's Literal Translation (YLT)
Near `is' the great day of Jehovah, Near, and hasting exceedingly, The noise of the day of Jehovah, Bitterly shriek there doth a mighty one.
| The great | קָר֤וֹב | qārôb | ka-ROVE |
| day | יוֹם | yôm | yome |
| of the Lord | יְהוָה֙ | yĕhwāh | yeh-VA |
| near, is | הַגָּד֔וֹל | haggādôl | ha-ɡa-DOLE |
| it is near, | קָר֖וֹב | qārôb | ka-ROVE |
| and hasteth | וּמַהֵ֣ר | ûmahēr | oo-ma-HARE |
| greatly, | מְאֹ֑ד | mĕʾōd | meh-ODE |
| voice the even | ק֚וֹל | qôl | kole |
| of the day | י֣וֹם | yôm | yome |
| of the Lord: | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| man mighty the | מַ֥ר | mar | mahr |
| shall cry | צֹרֵ֖חַ | ṣōrēaḥ | tsoh-RAY-ak |
| there | שָׁ֥ם | šām | shahm |
| bitterly. | גִּבּֽוֹר׃ | gibbôr | ɡee-bore |
Cross Reference
Zephaniah 1:7
मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।
Joel 2:11
परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरु धेरैल संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?
Ezekiel 7:12
“दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।
Isaiah 33:7
तर ध्यान दिएर सुन्। वीर मानिसहरू बाहिर रोइरहेकाछन्। ती सन्देशवाहकहरू जसले शान्ति ल्याउँछन तिनीहरू डाको छोडेर रोइरहेकाछन्।
Jeremiah 30:7
हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।
Ezekiel 30:3
त्यो दिन नजीकै छ। हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ। त्यो बादल लागेको दिन यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।
Malachi 4:5
परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ।
Revelation 6:15
तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।
2 Peter 2:3
ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।
James 5:9
दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा नालिस गर्न छाच्डेनौ भने तिमीहरू दोषी जाँचिने छौ. अनि न्यायधीश आउनुलाई तयार हुनुहुन्छ।
Hebrews 12:26
त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी र्थकियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धरती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”
1 Thessalonians 4:16
परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठुलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतकोस्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।
Philippians 4:5
मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।
Acts 2:20
घाम अन्धकारमय भई बद्लिने छ अनि जुन रगत सरह रक्तिम हुनेछ तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
Zephaniah 1:10
परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।
Isaiah 22:4
यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम ध्वंश भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।”
Isaiah 66:6
सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।
Jeremiah 25:36
म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू र बथानका मलिकहरूका चित्कार सुन्छु। परमप्रभुले तिनीहरूको र्खक नै ध्वंस पार्नु भयो।
Jeremiah 48:41
शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
Ezekiel 7:6
अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।
Ezekiel 12:23
“ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढन बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्विपत्ति चाढै आउँछ, दर्शन पूरा हुनेछ।
Joel 1:15
त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।
Joel 2:1
सियोनमा तुरही फुक, मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ। ती सबै मानिसहरुलाई जो यो देशमा बस्छन् डरले थरथर कामुन्? परमप्रभुको विषेश दिन आउँदैछ। परमप्रभुको विशेष दिन नजिकै छ।
Joel 2:31
सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
Joel 3:16
परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्तिशरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
Amos 8:2
परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने,“ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।
Isaiah 15:4
हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू र्तसिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।