Psalm 24:7
हे मूल प्रवेश-द्वारहरू। आफ्ना टाउकाहरू उठाऊ! सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा आउनु हुनेछ।
Psalm 24:7 in Other Translations
King James Version (KJV)
Lift up your heads, O ye gates; and be ye lift up, ye everlasting doors; and the King of glory shall come in.
American Standard Version (ASV)
Lift up your heads, O ye gates; And be ye lifted up, ye everlasting doors: And the King of glory will come in.
Bible in Basic English (BBE)
Let your heads be lifted up, O doors; be lifted up, O you eternal doors: that the King of glory may come in.
Darby English Bible (DBY)
Lift up your heads, ye gates, and be ye lifted up, ye everlasting doors, and the King of glory shall come in.
Webster's Bible (WBT)
Lift up your heads, O ye gates; and be ye lifted up, ye everlasting doors; and the King of glory shall come in.
World English Bible (WEB)
Lift up your heads, you gates; Be lifted up, you everlasting doors: The King of glory will come in.
Young's Literal Translation (YLT)
Lift up, O gates, your heads, And be lifted up, O doors age-during, And come in doth the king of glory!
| Lift up | שְׂא֤וּ | śĕʾû | seh-OO |
| your heads, | שְׁעָרִ֨ים׀ | šĕʿārîm | sheh-ah-REEM |
| O ye gates; | רָֽאשֵׁיכֶ֗ם | rāʾšêkem | ra-shay-HEM |
| up, lift ye be and | וְֽ֭הִנָּשְׂאוּ | wĕhinnośʾû | VEH-hee-nose-oo |
| ye everlasting | פִּתְחֵ֣י | pitḥê | peet-HAY |
| doors; | עוֹלָ֑ם | ʿôlām | oh-LAHM |
| King the and | וְ֝יָב֗וֹא | wĕyābôʾ | VEH-ya-VOH |
| of glory | מֶ֣לֶךְ | melek | MEH-lek |
| shall come in. | הַכָּבֽוֹד׃ | hakkābôd | ha-ka-VODE |
Cross Reference
1 कोरिन्थी 2:8
यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
यशैया 26:2
प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।
भजनसंग्रह 118:19
असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
भजनसंग्रह 97:6
हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ। ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन।
2 शमूएल 6:17
दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
भजनसंग्रह 132:8
परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।
प्रकाश 4:11
“हाम्रा परमप्रभु अनि परमेश्वर। तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईंले सबै बस्तुहरु सृष्टि गर्नु भयो। हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन् किनभने तपाईंले यस्तो चहानु भएको छ।”
2 पत्रुस 3:18
तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
1 पत्रुस 3:22
अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।
याकूब 2:1
मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
एफिसी 4:8
त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”
मर्कूस 16:19
यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।
1 राजा 8:6
तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।
1 राजा 8:11
पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो।
भजनसंग्रह 21:1
हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
भजनसंग्रह 21:5
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
भजनसंग्रह 68:16
हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ? परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ। उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो।
हाग्गै 2:7
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
हाग्गै 2:9
यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ। सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; “यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।आज आशिषको कार्यको आरम्भ
मलाकी 3:1
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छत्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
गन्ती 10:35
शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे,“हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”