Psalm 22:5 in Nepali

Nepali Nepali Bible Psalm Psalm 22 Psalm 22:5

Psalm 22:5
हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए। तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!

Psalm 22:4Psalm 22Psalm 22:6

Psalm 22:5 in Other Translations

King James Version (KJV)
They cried unto thee, and were delivered: they trusted in thee, and were not confounded.

American Standard Version (ASV)
They cried unto thee, and were delivered: They trusted in thee, and were not put to shame.

Bible in Basic English (BBE)
They sent up their cry to you and were made free: they put their faith in you and were not put to shame.

Darby English Bible (DBY)
They cried unto thee, and were delivered; they confided in thee, and were not confounded.

Webster's Bible (WBT)
Our fathers trusted in thee: they trusted, and thou didst deliver them.

World English Bible (WEB)
They cried to you, and were delivered. They trusted in you, and were not disappointed.

Young's Literal Translation (YLT)
Unto Thee they cried, and were delivered, In Thee they trusted, and were not ashamed.

They
cried
אֵלֶ֣יךָʾēlêkāay-LAY-ha
unto
זָעֲק֣וּzāʿăqûza-uh-KOO
thee,
and
were
delivered:
וְנִמְלָ֑טוּwĕnimlāṭûveh-neem-LA-too
trusted
they
בְּךָ֖bĕkābeh-HA
in
thee,
and
were
not
בָטְח֣וּboṭḥûvote-HOO
confounded.
וְלֹאwĕlōʾveh-LOH
בֽוֹשׁוּ׃bôšûVOH-shoo

Cross Reference

यशैया 49:23
राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”

रोमी 9:33
त्यस ढुंगाको विषयमा धर्मशास्त्र भन्छः“हेर, सियोनमा म एउटा ढुंगा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।”

भजनसंग्रह 71:1
हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु ताकि म कहिल्यै निराशा नहुँ।

भजनसंग्रह 31:1
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।

1 पत्रुस 2:6
धर्मशास्त्रले भन्छ“मैले एक बहुमूल्य कुनाको ढुङ्गा छानेको छु, अनि म त्यो ढुङ्गा सियोनमा राख्छु, जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनपर्दैन।”

रोमी 10:11
हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, उ लज्जित हुने छैन।”

यशैया 45:17
तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।

भजनसंग्रह 106:44
तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।

भजनसंग्रह 99:6
मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।

भजनसंग्रह 69:6
हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।

भजनसंग्रह 25:2
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।

न्यायकर्ता 10:10
यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”

न्यायकर्ता 6:6
इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।

न्यायकर्ता 4:3
सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।