Isaiah 2:6
म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्।
Isaiah 2:6 in Other Translations
King James Version (KJV)
Therefore thou hast forsaken thy people the house of Jacob, because they be replenished from the east, and are soothsayers like the Philistines, and they please themselves in the children of strangers.
American Standard Version (ASV)
For thou hast forsaken thy people the house of Jacob, because they are filled `with customs' from the east, and `are' soothsayers like the Philistines, and they strike hands with the children of foreigners.
Bible in Basic English (BBE)
For you, O Lord, have given up your people, the family of Jacob, because they are full of the evil ways of the east, and make use of secret arts like the Philistines, and are friends with the children of strange countries.
Darby English Bible (DBY)
For thou hast cast off thy people, the house of Jacob, because they are filled [with what comes] from the east, and use auguries like the Philistines, and ally themselves with the children of foreigners.
World English Bible (WEB)
For you have forsaken your people, the house of Jacob, Because they are filled from the east, With those who practice divination like the Philistines, And they clasp hands with the children of foreigners.
Young's Literal Translation (YLT)
For Thou hast left Thy people, the house of Jacob. For they have been filled from the east, And `are' sorcerers like the Philistines, And with the children of strangers strike hands.
| Therefore | כִּ֣י | kî | kee |
| thou hast forsaken | נָטַ֗שְׁתָּה | nāṭaštâ | na-TAHSH-ta |
| thy people | עַמְּךָ֙ | ʿammĕkā | ah-meh-HA |
| house the | בֵּ֣ית | bêt | bate |
| of Jacob, | יַעֲקֹ֔ב | yaʿăqōb | ya-uh-KOVE |
| because | כִּ֤י | kî | kee |
| they be replenished | מָלְאוּ֙ | molʾû | mole-OO |
| east, the from | מִקֶּ֔דֶם | miqqedem | mee-KEH-dem |
| and are soothsayers | וְעֹֽנְנִ֖ים | wĕʿōnĕnîm | veh-oh-neh-NEEM |
| like the Philistines, | כַּפְּלִשְׁתִּ֑ים | kappĕlištîm | ka-peh-leesh-TEEM |
| themselves please they and | וּבְיַלְדֵ֥י | ûbĕyaldê | oo-veh-yahl-DAY |
| in the children | נָכְרִ֖ים | nokrîm | noke-REEM |
| of strangers. | יַשְׂפִּֽיקוּ׃ | yaśpîqû | yahs-PEE-koo |
Cross Reference
रोमी 11:20
त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।
2 राजा 1:2
एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”
2 इतिहास 24:20
परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘
नहेम्याह 13:23
ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।
भजनसंग्रह 106:35
तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
हितोपदेश 6:1
हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
यशैया 8:19
कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?
यशैया 47:12
तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
यर्मिया 10:2
परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
विलाप 5:20
हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।
रोमी 11:1
तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।
2 इतिहास 15:2
अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
1 इतिहास 10:13
शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।
प्रस्थान 34:16
तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।
लेवी 19:31
“तिमीहरू झाँक्री-जादूगर बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।
लेवी 20:6
कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।
गन्ती 23:7
बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने,“आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”
गन्ती 25:1
शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।
व्यवस्था 18:10
आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।
व्यवस्था 21:11
ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।
व्यवस्था 31:16
परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।
1 राजा 11:1
राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।
2 राजा 16:7
आहाजले अश्शूरका राजा तिग्लत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियोः “म तिम्रो सेवक हुँ। म तिम्रो छोरा जस्तै हुँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।”
प्रस्थान 22:18
“तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।