Ephesians 5:9
प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ।
Ephesians 5:9 in Other Translations
King James Version (KJV)
(For the fruit of the Spirit is in all goodness and righteousness and truth;)
American Standard Version (ASV)
(for the fruit of the light is in all goodness and righteousness and truth),
Bible in Basic English (BBE)
(Because the fruit of the light is in all righteousness and in everything which is good and true),
Darby English Bible (DBY)
(for the fruit of the light [is] in all goodness and righteousness and truth,)
World English Bible (WEB)
for the fruit of the Spirit is in all goodness and righteousness and truth,
Young's Literal Translation (YLT)
for the fruit of the Spirit `is' in all goodness, and righteousness, and truth,
| (For | ὁ | ho | oh |
| the | γὰρ | gar | gahr |
| fruit | καρπὸς | karpos | kahr-POSE |
| of the | τοῦ | tou | too |
| Spirit | Πνεύματος | pneumatos | PNAVE-ma-tose |
| in is | ἐν | en | ane |
| all | πάσῃ | pasē | PA-say |
| goodness | ἀγαθωσύνῃ | agathōsynē | ah-ga-thoh-SYOO-nay |
| and | καὶ | kai | kay |
| righteousness | δικαιοσύνῃ | dikaiosynē | thee-kay-oh-SYOO-nay |
| and | καὶ | kai | kay |
| truth;) | ἀληθείᾳ | alētheia | ah-lay-THEE-ah |
Cross Reference
एफिसी 6:14
यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर
एफिसी 4:25
यसैले तिमीहरूले झूटो बोल्नु छोडनुपर्छ। आपसमा सँधै साँचो बोल। किनभने हामी आपस्तमा एउटै शरीरका अंगहरू हौं।
रोमी 15:14
मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ।
3 यूहन्ना 1:11
मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
1 यूहन्ना 3:9
जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ।
1 यूहन्ना 2:29
तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।
1 पत्रुस 2:24
ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।
हिब्रू 11:33
आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने।
हिब्रू 1:8
तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
1 तिमोथी 6:11
तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।
फिलिप्पी 1:11
म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सुकर्महरू गर्न सक्छौ।
एफिसी 4:15
तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुञ्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीरको प्रत्येक अंग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अंगले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।
गलाती 5:22
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
रोमी 2:4
के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
भजनसंग्रह 16:2
मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
यूहन्ना 1:47
येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”