1 John 3:4 in Nepali

Nepali Nepali Bible 1 John 1 John 3 1 John 3:4

1 John 3:4
जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।

1 John 3:31 John 31 John 3:5

1 John 3:4 in Other Translations

King James Version (KJV)
Whosoever committeth sin transgresseth also the law: for sin is the transgression of the law.

American Standard Version (ASV)
Every one that doeth sin doeth also lawlessness; and sin is lawlessness.

Bible in Basic English (BBE)
Everyone who is a sinner goes against the law, for sin is going against the law.

Darby English Bible (DBY)
Every one that practises sin practises also lawlessness; and sin is lawlessness.

World English Bible (WEB)
Everyone who sins also commits lawlessness. Sin is lawlessness.

Young's Literal Translation (YLT)
Every one who is doing the sin, the lawlessness also he doth do, and the sin is the lawlessness,

Whosoever
Πᾶςpaspahs

hooh
committeth
ποιῶνpoiōnpoo-ONE

τὴνtēntane
sin
ἁμαρτίανhamartiana-mahr-TEE-an
transgresseth
καὶkaikay
also
τὴνtēntane
the
ἀνομίανanomianah-noh-MEE-an
law:
ποιεῖpoieipoo-EE
for
καὶkaikay

ay
sin
ἁμαρτίαhamartiaa-mahr-TEE-ah
is
ἐστὶνestinay-STEEN
the
ay
transgression
of
the
law.
ἀνομίαanomiaah-noh-MEE-ah

Cross Reference

1 यूहन्ना 5:17
सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।

2 कोरिन्थी 12:21
मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लञ्जित पार्नु हुनेछ । धेरै जना जजसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजर्मदा कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।

रोमी 4:15
किन? किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।

रोमी 3:20
किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।

रोमी 7:7
हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।”

गन्ती 15:31
किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडे र परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”

1 यूहन्ना 3:8
शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।

याकूब 5:15
विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।

याकूब 2:9
तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

दानियल 9:11
तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।

यशैया 53:8
मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।

2 इतिहास 24:20
परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘

1 इतिहास 10:13
शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।

1 राजा 8:47
त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

1 शमूएल 15:24
शाऊलले शमूएललाई भने, “मैले पाप गरे। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिन। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने।