Base Word
קֶסֶם
Short Definitiona lot; also divination (including its fee), oracle
Long Definitiondivination, witchcraft
Derivationfrom H7080
International Phonetic Alphabetk’ɛˈsɛm
IPA modkɛˈsɛm
Syllableqesem
Dictionkeh-SEM
Diction Modkeh-SEM
Usage(reward of) divination, divine sentence, witchcraft
Part of speechn-m

Numbers 22:7
मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसंग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।

Numbers 23:23
याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’

Deuteronomy 18:10
आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।

1 Samuel 15:23
आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

2 Kings 17:17
तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे।

Proverbs 16:10
राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।

Jeremiah 14:14
तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।

Ezekiel 13:6
“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।

Ezekiel 13:23
तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ। म नै परमप्रभु हुँ।”‘

Ezekiel 21:21
यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको उपयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो।

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்