No lexicon data found for Strong's number: 572

Romans 12:8
यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

2 Corinthians 1:12
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।

2 Corinthians 8:2
ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो।

2 Corinthians 9:11
परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।

2 Corinthians 9:13
यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ।

2 Corinthians 11:3
तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो।

Ephesians 6:5
कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ।

Colossians 3:22
सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरुलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरु प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किन कि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்