Revelation 20
7 जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ।
8 शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।
9 शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरुका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो।
10 अनि शैतान जसले मानिसहरुलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै पयाँकिएका थिए। त्यहाँ दिन रात सदासर्वदा तिनीहरुलाई सजाय भोगाइनेछ।