Revelation 12

fullscreen1 त्यसपछि स्वर्गमा एक आशर्च्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मूनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो।

fullscreen2 ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।

fullscreen3 त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरु थियो।

fullscreen4 त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरुको एक तिहाइ अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खडा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।

fullscreen5 त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छढीद्वारा सम्पूर्ण राष्ट्रहरुमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो।

fullscreen6 त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।

fullscreen7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकलअनि तिनका दूतहरु त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरु प्रतिकारमा लडे।

fullscreen8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरुले स्वर्गमा आफ्ना स्थान गुमाए।

fullscreen9 त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।

fullscreen10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरुलाई दोषलगाउने पयाँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो।

fullscreen11 हाम्रा भाइहरुले तिनलाई भेंडाको पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरु मृत्युसित डराएका थिएनन्।

fullscreen12 यसर्थ तिमी स्वर्गहरु अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको तिम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरुकहाँ गएको छ. जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”

fullscreen13 त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई।

fullscreen14 तर त्यस स्त्रीलाई विशाल गरुडको दुई पखेटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिइन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन र्वषसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन.

fullscreen15 तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो।

fullscreen16 तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो।