Psalm 97:10
मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ। परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
Psalm 97:10 in Other Translations
King James Version (KJV)
Ye that love the LORD, hate evil: he preserveth the souls of his saints; he delivereth them out of the hand of the wicked.
American Standard Version (ASV)
O ye that love Jehovah, hate evil: He preserveth the souls of his saints; He delivereth them out of the hand of the wicked.
Bible in Basic English (BBE)
You who are lovers of the Lord, be haters of evil; he keeps the souls of his saints; he takes them out of the hand of sinners.
Darby English Bible (DBY)
Ye that love Jehovah, hate evil: he preserveth the souls of his saints, he delivereth them out of the hand of the wicked.
World English Bible (WEB)
You who love Yahweh, hate evil. He preserves the souls of his saints. He delivers them out of the hand of the wicked.
Young's Literal Translation (YLT)
Ye who love Jehovah, hate evil, He is keeping the souls of His saints, From the hand of the wicked he delivereth them.
| Ye that love | אֹהֲבֵ֥י | ʾōhăbê | oh-huh-VAY |
| the Lord, | יְהוָ֗ה | yĕhwâ | yeh-VA |
| hate | שִׂנְא֫וּ | śinʾû | seen-OO |
| evil: | רָ֥ע | rāʿ | ra |
| he preserveth | שֹׁ֭מֵר | šōmēr | SHOH-mare |
| the souls | נַפְשׁ֣וֹת | napšôt | nahf-SHOTE |
| saints; his of | חֲסִידָ֑יו | ḥăsîdāyw | huh-see-DAV |
| he delivereth | מִיַּ֥ד | miyyad | mee-YAHD |
| hand the of out them | רְ֝שָׁעִ֗ים | rĕšāʿîm | REH-sha-EEM |
| of the wicked. | יַצִּילֵֽם׃ | yaṣṣîlēm | ya-tsee-LAME |
Cross Reference
Proverbs 8:13
परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
Romans 12:9
तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।
Amos 5:15
खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ।
Daniel 3:28
त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउँनु भयो।
Proverbs 2:8
उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।
Psalm 34:14
नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
Jeremiah 15:21
“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
Psalm 145:20
जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
Psalm 31:23
हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
Daniel 6:27
परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ। अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ जसले दानियललाई सिंहको मुखबाट बचाउँनु भयो।”
Revelation 13:8
समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
1 John 5:18
हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।
1 John 5:2
हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरुलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरु पालन गर्छौं।
1 John 4:19
हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।
1 Peter 1:8
तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।
1 Peter 1:5
तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।
James 2:5
सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।
James 1:12
त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
2 Thessalonians 3:2
अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।
Psalm 36:4
राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।
Psalm 37:27
यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सघैं बाँच्ने छौ।
Psalm 37:39
धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ। जब धर्मी मानिसहरू संकटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
Psalm 91:14
परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
Psalm 101:3
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!
Psalm 119:163
म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु! तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
Psalm 125:3
दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।
Proverbs 3:7
आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।
Isaiah 45:17
तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।
Daniel 6:22
मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”
John 20:28
थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”
Romans 7:15
म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु।
Romans 7:24
म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?
Romans 8:28
हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
1 Corinthians 8:3
तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।
2 Thessalonians 2:8
त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।
Psalm 119:104
तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।