Psalm 95:6 in Nepali

Nepali Nepali Bible Psalm Psalm 95 Psalm 95:6

Psalm 95:6
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।

Psalm 95:5Psalm 95Psalm 95:7

Psalm 95:6 in Other Translations

King James Version (KJV)
O come, let us worship and bow down: let us kneel before the LORD our maker.

American Standard Version (ASV)
Oh come, let us worship and bow down; Let us kneel before Jehovah our Maker:

Bible in Basic English (BBE)
O come, let us give worship, falling down on our knees before the Lord our Maker.

Darby English Bible (DBY)
Come, let us worship and bow down; let us kneel before Jehovah our Maker.

World English Bible (WEB)
Oh come, let's worship and bow down. Let's kneel before Yahweh, our Maker,

Young's Literal Translation (YLT)
Come in, we bow ourselves, and we bend, We kneel before Jehovah our Maker.

O
come,
בֹּ֭אוּbōʾûBOH-oo
let
us
worship
נִשְׁתַּחֲוֶ֣הništaḥăweneesh-ta-huh-VEH
and
bow
down:
וְנִכְרָ֑עָהwĕnikrāʿâveh-neek-RA-ah
kneel
us
let
נִ֝בְרְכָ֗הnibrĕkâNEEV-reh-HA
before
לִֽפְנֵיlipĕnêLEE-feh-nay
the
Lord
יְהוָ֥הyĕhwâyeh-VA
our
maker.
עֹשֵֽׂנוּ׃ʿōśēnûoh-say-NOO

Cross Reference

Psalm 100:3
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।

Daniel 6:10
दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैं जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।

2 Chronicles 6:13
सुलेमानले 5 हात लामो, 5 हात चौडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए।

Philippians 2:10
उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।

Exodus 20:5
कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।

Psalm 95:1
आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।

Psalm 149:2
इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।

Ephesians 3:14
यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु।

Revelation 22:17
आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।

Revelation 22:8
म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरु सुनें अनि देखें। यी कुराहरु सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरु देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ।

1 Peter 4:19
यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।

1 Corinthians 6:20
परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

Acts 21:5
तर जब हामीले त्यहाँको भ्रमण शेष गर्‌यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।

Acts 20:36
जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे।

Acts 10:25
जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसंग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे।

Acts 7:60
तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्! यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

Ezra 9:5
तब साझको बलिदानको समयमा लज्जीत अवस्थ्यामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुडाटेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ

Job 35:10
तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो? परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।

Psalm 72:9
मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन् उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।

Ecclesiastes 12:1
सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि। मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।

Isaiah 17:7
त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ।

Isaiah 54:5
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।

Hosea 6:1
“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।

Hosea 8:14
किनभने इस्राएलले आफ्ना सृष्टिकर्त्तालाई बिर्सेर महलहरू बनायो औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो। तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”

Matthew 4:2
चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।

Matthew 4:9
शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने यी सब थोक म तपाईंलाई दिनेछु।’

Mark 14:35
अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्।

Luke 22:41
तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,

John 1:3
र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।

1 Kings 8:54
सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए।