Psalm 89:41 in Nepali

Nepali Nepali Bible Psalm Psalm 89 Psalm 89:41

Psalm 89:41
त्‍यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्‌, तिनी आफ्‍ना छिमेकीहरूका निम्‍ति हेलाको पात्र भएका छन्‌।

Psalm 89:40Psalm 89Psalm 89:42

Psalm 89:41 in Other Translations

King James Version (KJV)
All that pass by the way spoil him: he is a reproach to his neighbours.

American Standard Version (ASV)
All that pass by the way rob him: He is become a reproach to his neighbors.

Bible in Basic English (BBE)
All those who come by take away his goods; he is laughed at by his neighbours.

Darby English Bible (DBY)
All that pass by the way plunder him; he is become a reproach to his neighbours.

Webster's Bible (WBT)
Thou hast broken down all his hedges; thou hast brought his strong holds to ruin.

World English Bible (WEB)
All who pass by the way rob him. He has become a reproach to his neighbors.

Young's Literal Translation (YLT)
Spoiled him have all passing by the way, He hath been a reproach to his neighbours,

All
שַׁ֭סֻּהוּšassuhûSHA-soo-hoo
that
pass
by
כָּלkālkahl
the
way
עֹ֣בְרֵיʿōbĕrêOH-veh-ray
spoil
דָ֑רֶךְdārekDA-rek
is
he
him:
הָיָ֥הhāyâha-YA
a
reproach
חֶ֝רְפָּ֗הḥerpâHER-PA
to
his
neighbours.
לִשְׁכֵנָֽיו׃liškēnāywleesh-hay-NAIV

Cross Reference

Psalm 79:4
हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।

Daniel 9:16
हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।

Ezekiel 5:14
परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ।

Lamentations 5:1
हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।

Jeremiah 50:17
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”

Jeremiah 44:12
यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्।

Jeremiah 44:8
अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैले आफैलाई ध्वंस पारिरहेका छौ। तिमीहरू आफैले आफैलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।

Jeremiah 42:18
“सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध वर्षाउनेछु। तिमीहरू श्राप, श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’

Jeremiah 29:18
म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्दनेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।

Jeremiah 24:9
“म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।

Isaiah 10:6
म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।

Psalm 80:13
जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।

Psalm 74:10
हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ?

Psalm 44:10
तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो। हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।

Nehemiah 5:9
तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ।

Deuteronomy 28:37
देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।