Psalm 52:9
हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु। म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!
I will praise | אוֹדְךָ֣ | ʾôdĕkā | oh-deh-HA |
thee for ever, | לְ֭עוֹלָם | lĕʿôlom | LEH-oh-lome |
because | כִּ֣י | kî | kee |
thou hast done | עָשִׂ֑יתָ | ʿāśîtā | ah-SEE-ta |
on wait will I and it: | וַאֲקַוֶּ֖ה | waʾăqawwe | va-uh-ka-WEH |
thy name; | שִׁמְךָ֥ | šimkā | sheem-HA |
for | כִֽי | kî | hee |
good is it | ט֝֗וֹב | ṭôb | tove |
before | נֶ֣גֶד | neged | NEH-ɡed |
thy saints. | חֲסִידֶֽיךָ׃ | ḥăsîdêkā | huh-see-DAY-ha |
Cross Reference
Psalm 54:6
परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
Psalm 48:9
हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
Ephesians 3:20
तर तिमीहरुले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ।
Lamentations 3:25
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
Proverbs 18:10
परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।
Psalm 146:2
जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
Psalm 145:1
म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
Psalm 130:5
म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
Psalm 123:2
यो नयाँ यरूशलेम हो! एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो। त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्।
Psalm 73:28
म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।
Psalm 73:25
हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।
Psalm 62:5
मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
Psalm 62:1
मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
Psalm 40:1
मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई भन्नुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो।
Psalm 30:12
हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन, 13 अनि म सधैं तपाईंको प्रशंसा गर्छु।
Psalm 27:14
परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!