Skip to content
CHRIST SONGS .IN
TAMIL CHRISTIAN SONGS .IN
  • Lyrics
  • Chords
  • Bible
  • /
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z

Index
  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z
Psalm 146 KJV ASV BBE DBY WBT WEB YLT

Psalm 146 in Nepali WBT Compare Webster's Bible

Psalm 146

1 परमप्रभुको प्रशंसा गरौं! मेरो प्राण, परमप्रभुको प्रशंसा गर!

2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।

3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किन? किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।

4 मानिसहरू मर्दछन् र गाडिन्छन्! अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।

5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।

7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।

8 परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।

9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।

10 परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ। परमप्रभुको प्रशंसा गरौं।

  • Tamil
  • Hindi
  • Malayalam
  • Telugu
  • Kannada
  • Gujarati
  • Punjabi
  • Bengali
  • Oriya
  • Nepali

By continuing to browse the site, you are agreeing to our use of cookies.

Close