Proverbs 20:22
यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।
Proverbs 20:22 in Other Translations
King James Version (KJV)
Say not thou, I will recompense evil; but wait on the LORD, and he shall save thee.
American Standard Version (ASV)
Say not thou, I will recompense evil: Wait for Jehovah, and he will save thee.
Bible in Basic English (BBE)
Do not say, I will give punishment for evil: go on waiting for the Lord, and he will be your saviour.
Darby English Bible (DBY)
Say not, I will recompense evil: wait on Jehovah, and he shall save thee.
World English Bible (WEB)
Don't say, "I will pay back evil." Wait for Yahweh, and he will save you.
Young's Literal Translation (YLT)
Do not say, `I recompense evil,' Wait for Jehovah, and He delivereth thee.
| Say | אַל | ʾal | al |
| not | תֹּאמַ֥ר | tōʾmar | toh-MAHR |
| thou, I will recompense | אֲשַׁלְּמָה | ʾăšallĕmâ | uh-sha-leh-MA |
| evil; | רָ֑ע | rāʿ | ra |
| on wait but | קַוֵּ֥ה | qawwē | ka-WAY |
| the Lord, | לַֽ֝יהוָ֗ה | layhwâ | LAI-VA |
| and he shall save | וְיֹ֣שַֽׁע | wĕyōšaʿ | veh-YOH-sha |
| thee. | לָֽךְ׃ | lāk | lahk |
Cross Reference
1 Thessalonians 5:15
याद गर, कसैले गलत कामको बदला नलियोस। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।
Romans 12:17
यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।
Proverbs 24:29
यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
1 Peter 3:9
मानिसहरुले तिमीहरुलाई नराम्रो गरे तिमीहरुले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरुलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरुलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।
Proverbs 17:13
यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैं कठिनाइहरूको सामना गर्नेछ।
Deuteronomy 32:35
तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’
Isaiah 40:31
तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।
Psalm 27:14
परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!
2 Samuel 16:12
यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”
1 Peter 4:19
यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।
Matthew 5:39
तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।
Lamentations 3:25
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
Psalm 37:34
परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोडून लाउनु हुनेछ।
1 Peter 2:23
मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।