सपन्याह 1:7 in Nepali

नेपाली नेपाली बाइबल सपन्याह सपन्याह 1 सपन्याह 1:7

Zephaniah 1:7
मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

Zephaniah 1:6Zephaniah 1Zephaniah 1:8

Zephaniah 1:7 in Other Translations

King James Version (KJV)
Hold thy peace at the presence of the Lord GOD: for the day of the LORD is at hand: for the LORD hath prepared a sacrifice, he hath bid his guests.

American Standard Version (ASV)
Hold thy peace at the presence of the Lord Jehovah; for the day of Jehovah is at hand: for Jehovah hath prepared a sacrifice, he hath consecrated his guests.

Bible in Basic English (BBE)
Let there be no sound before the Lord God: for the day of the Lord is near: for the Lord has made ready an offering, he has made his guests holy.

Darby English Bible (DBY)
Be silent at the presence of the Lord Jehovah; for the day of Jehovah is at hand; for Jehovah hath prepared a sacrifice, he hath hallowed his guests.

World English Bible (WEB)
Be silent at the presence of the Lord Yahweh, for the day of Yahweh is at hand. For Yahweh has prepared a sacrifice. He has consecrated his guests.

Young's Literal Translation (YLT)
Hush! because of the Lord Jehovah, For near `is' a day of Jehovah, For prepared hath Jehovah a sacrifice, He hath sanctified His invited ones.

Hold
thy
peace
הַ֕סhashahs
at
the
presence
מִפְּנֵ֖יmippĕnêmee-peh-NAY
Lord
the
of
אֲדֹנָ֣יʾădōnāyuh-doh-NAI
God:
יְהוִ֑הyĕhwiyeh-VEE
for
כִּ֤יkee
the
day
קָרוֹב֙qārôbka-ROVE
Lord
the
of
י֣וֹםyômyome
is
at
hand:
יְהוָ֔הyĕhwâyeh-VA
for
כִּֽיkee
the
Lord
הֵכִ֧יןhēkînhay-HEEN
prepared
hath
יְהוָ֛הyĕhwâyeh-VA
a
sacrifice,
זֶ֖בַחzebaḥZEH-vahk
he
hath
bid
הִקְדִּ֥ישׁhiqdîšheek-DEESH
his
guests.
קְרֻאָֽיו׃qĕruʾāywkeh-roo-AIV

Cross Reference

सपन्याह 1:14
परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।

हबकूक 2:20
तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।

यर्मिया 46:10
तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

यशैया 34:6
किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।

1 शमूएल 16:5
शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।

जकरिया 2:13
तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ।प्रधान पूजाहारीको बारेमा दर्शन्

यशैया 13:6
परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।

यशैया 2:12
परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।

लूका 14:16
येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो।

रोमी 3:19
हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

रोमी 9:20
हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?

फिलिप्पी 4:5
मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।

कलस्सी 1:12
अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।

2 पत्रुस 3:10
तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।

प्रकाश 19:17
त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।

मत्ती 22:4
“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्टयाएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

मलाकी 4:1
“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

1 शमूएल 20:26
त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”

अय्यूब 40:4
“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

भजनसंग्रह 46:10
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”

भजनसंग्रह 76:8
परमप्रभु न्यायकर्ता जस्तो उभिनु भयो अनि आफ्नो निर्णय घोषणा गर्नुभयो, परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।

हितोपदेश 9:1
ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

यशैया 6:5
म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”

इजकिएल 7:7
तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ।

इजकिएल 7:10
“दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ।

इजकिएल 39:17
परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ।

योएल 2:1
सियोनमा तुरही फुक, मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ। ती सबै मानिसहरुलाई जो यो देशमा बस्छन् डरले थरथर कामुन्? परमप्रभुको विषेश दिन आउँदैछ। परमप्रभुको विशेष दिन नजिकै छ।

योएल 2:11
परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरु धेरैल संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?

योएल 2:31
सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।

आमोस 5:18
आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छउज्यालो होइन।

आमोस 6:10
जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डीबाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?” तनीहरुले जवाफ दिनेछन्, “छैन!” त्यस समय त्यस आफन्तलेभन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”

1 शमूएल 2:9
परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।