जकरिया 2:9 in Nepali

नेपाली नेपाली बाइबल जकरिया जकरिया 2 जकरिया 2:9

Zechariah 2:9
अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु। तिनीहरुका दासहरुले सम्पत्ति लिनेछन्। तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।”

Zechariah 2:8Zechariah 2Zechariah 2:10

Zechariah 2:9 in Other Translations

King James Version (KJV)
For, behold, I will shake mine hand upon them, and they shall be a spoil to their servants: and ye shall know that the LORD of hosts hath sent me.

American Standard Version (ASV)
For, behold, I will shake my hand over them, and they shall be a spoil to those that served them; and ye shall know that Jehovah of hosts hath sent me.

Bible in Basic English (BBE)
For I, says the Lord, will be a wall of fire round about her, and I will be the glory inside her.

Darby English Bible (DBY)
For behold, I will shake my hand upon them, and they shall become a spoil to those that served them: and ye shall know that Jehovah of hosts hath sent me.

World English Bible (WEB)
For, behold, I will shake my hand over them, and they will be a spoil to those who served them; and you will know that Yahweh of Hosts has sent me.

Young's Literal Translation (YLT)
For lo, I am waving my hand against them, And they have been a spoil to their servants. And ye have known that Jehovah of Hosts hath sent me.

For,
כִּ֠יkee
behold,
הִנְנִ֨יhinnîheen-NEE
I
will
shake
מֵנִ֤יףmēnîpmay-NEEF

אֶתʾetet
hand
mine
יָדִי֙yādiyya-DEE
upon
עֲלֵיהֶ֔םʿălêhemuh-lay-HEM
them,
and
they
shall
be
וְהָי֥וּwĕhāyûveh-ha-YOO
spoil
a
שָׁלָ֖לšālālsha-LAHL
to
their
servants:
לְעַבְדֵיהֶ֑םlĕʿabdêhemleh-av-day-HEM
and
ye
shall
know
וִֽידַעְתֶּ֕םwîdaʿtemvee-da-TEM
that
כִּֽיkee
the
Lord
יְהוָ֥הyĕhwâyeh-VA
of
hosts
צְבָא֖וֹתṣĕbāʾôttseh-va-OTE
hath
sent
שְׁלָחָֽנִי׃šĕlāḥānîsheh-la-HA-nee

Cross Reference

यशैया 19:16
त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।

यशैया 14:2
ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।

जकरिया 4:9
“यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसकनेछ। तब तिमीहरुले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरु कहाँ पठाउनु भएको हो।

इजकिएल 39:10
तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जंगलमा दाउराहरू काटन पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाउराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो।

जकरिया 6:15
टाढा-टाढाका मानिसहरु आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरुकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।”

यशैया 11:15
परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।

यूहन्ना 16:4
यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसंगै थिएँ।

यूहन्ना 13:19
अब योस हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घटनेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।

जकरिया 2:8
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

सपन्याह 2:9
यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्‌नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।

हबकूक 2:17
लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”

हबकूक 2:8
तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।

यर्मिया 28:9
तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”

यर्मिया 27:7
सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन।

यशैया 33:23
परमप्रभुले हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लङ्गडा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ।

यशैया 33:1
हेर, तिमीहरू युद्ध गर्छौ र मानिसहरूका चीजबीजहरू लुटपीट पार्छौ, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरूद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरूद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोडनेछौ, अरू मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरूद्ध उभिन छोड्नेछौ अरू मानिसहरू तिमीहरूका विरूद्ध उभिन थाल्नेछन्।

यशैया 13:2
“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”

यशैया 10:32
त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।