Base Word
רִשְׁעָה
Short Definitionwrong (especially moral)
Long Definitionwickedness, guilt
Derivationfeminine of H7562
International Phonetic Alphabetrɪʃˈʕɔː
IPA modʁiʃˈʕɑː
Syllablerišʿâ
Dictionrish-AW
Diction Modreesh-AH
Usagefault, wickedly(-ness)
Part of speechn-f

व्यवस्था 9:4
“परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। ‘तर तिमीहरू आफैं यस्तो नभन तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ।

व्यवस्था 9:5
तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।

व्यवस्था 25:2
यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ।

हितोपदेश 11:5
निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।

हितोपदेश 13:6
इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।

यशैया 9:18
दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।

इजकिएल 5:6
यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधिहरू र विधानहरू पालन गरेनन्।”

इजकिएल 18:20
जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।

इजकिएल 18:27
यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ!

इजकिएल 33:12
हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’

Occurences : 15

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்