Base Word
קָהָל
Short Definitionassemblage (usually concretely)
Long Definitionassembly, company, congregation, convocation
Derivationfrom H6950
International Phonetic Alphabetk’ɔːˈhɔːl
IPA modkɑːˈhɑːl
Syllableqāhāl
Dictionkaw-HAWL
Diction Modka-HAHL
Usageassembly, company, congregation, multitude
Part of speechn-m

उत्पत्ति 28:3
म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

उत्पत्ति 35:11
परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।

उत्पत्ति 48:4
परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा संधैको निम्ति अधिकार जमाउनेछन्।’

उत्पत्ति 49:6
तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहदिन अनि तिनीहरूको सभामा उपस्थित हुनु चाँहदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।

प्रस्थान 12:6
तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसंग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ।

प्रस्थान 16:3
मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

लेवी 4:13
“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।

लेवी 4:14
जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ।

लेवी 4:21
पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।

लेवी 16:17
हारून महा पवित्र स्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्।

Occurences : 123

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்